Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली माविको अनियमितमा नगरपालिकाको पर्दा

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सरकारको आदेश लात हानेर गर्दैछ मन्थली मा.वि.चरम लापरर्वाही
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।मन्थली नगरपालिका वडा नं. १ मा रहेको मन्थली माविले गरेको अनियमितताको विषयमा छानबिन समितिले  पेश गरेको प्रतिवेदन मन्थली नगरपालिकाले लुकाएको छ । हिजो (बुधबार) गरेको पत्रकार सम्मेलनमा नगरपालिकाले सारसंक्षेप मात्र दिएर बाँकी विषय गुपचुप राखेको हो ।

मन्थली माध्यमिक विद्यालय भित्र चरम आर्थिक अनियमितता भएको भनि  मन्थली नगरपालिकाको शिक्षा शाखामा उजुरी परे पछि नगरपालिकाले छानबिन समिति गठन गरेको थियो । तर नगरपालिकाले छानबिन समितिले ल्याएको प्रतिबेदन लुकाउँदै चरम अनियमितता माथी पर्दा हाल्न खोजेको छ । विद्यालयले  छात्राबास भवन निमार्ण गर्दा लाखौ रुपैया भष्ट्राचार भएको र नमुना विद्यालय संचालन गर्न आएको वजेट समेत अनियमितता भएको लगाएतका विषयमा मन्थली नगरपालिकाको शिक्षा शाखामा उजुरी परेको थियो ।

गठित समितिले मन्थली माध्यमिक विद्यालयमा भएको सबै अनियमितताको सत्यतथ्य प्रतिवेदन मन्थली नगरपालिकामा पेश गरेको थियो  । धेरै दिन सम्म पनि प्रतिवेदन सार्वजनिक नभएको भन्दै पत्रकारहरूले चर्को बिरोध गरेपछि  मन्थली नगरपालिकाले पत्रकार सम्मेलन त गर्यो तर आँखामा छारो हाल्न मात्र खोज्यो । पत्रकार सम्मेलनको नाममा नगरपालिकाले स्थलगत छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरि छोटो खेस्रा बनाएर पत्रकारहरूलाई थमाई दियो । पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले पटक–पटक स्थगलत छानविन समितिले बुझाएको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्नुपर्ने अडान राखे पनि मन्थली नगरपालिकाका प्रमुख रशेमकुमार बस्नेत र शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकी मुखामुख गरेर समय बिताए तर सो स्थलगत प्रतिवेदन सार्वजनिक गरेनन् ।

मन्थली माविमा धेरै अनियमितता भएको र धेरै कर्मचारीहरुको नाम मुछिएकाले उक्त प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्न समस्या भएको  मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले बताए । मन्थली माविमा भएको अनियमितताको अख्तियारमा उजुरी परेकोले सवै विषयवस्तु सार्वजनिक गर्न नमिल्ने भन्दै नगरप्रमुख बस्नेतले आफ्ना कर्मचारी र विद्यालय व्यवस्थापन समितिको पक्ष लिए ।

मन्थली माविको अनियमिततामा स्थलगत छानबिन समितिले पेश गरेको  प्रतिवेदन सार्वजनिक हुँदा मन्थली नगरपालिकाका शिक्षा शाखा, लेखा अधिकृत र प्रमुख प्रशासकिय अधिकृत समेतले गरेको अनियमितताको बारे खुल्ने भएपछि मन्थली नगरपालिकाले तत्काल मन्थली नगर शिक्षा समितिको वैठक राखि सम्पुर्ण प्रतिवेदन सार्वजनिक नगर्ने निर्णय गरेको श्रोतले जानकारी दियो ।

श्रोतका अनुसार मन्थली माध्यमिक विद्यालयमा निमार्णाधिन छात्राबास भवनको काम सम्पन नहुँदै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत र लेखा अधिकृतको मिलेमतोमा कागजात मिलाएर विद्यालयलाई रकम निकासा दिइएको थियो । जसको कारण लेखा अधिकृत र प्रमुख प्रशासकिय अधिकृत समेत अनियमिता गरेको बिषयमा फस्ने र पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रश्नको जवाफ दिन नसक्ने डरले पत्रकार सम्मेलनलाई ढिला गर्दै पत्रकार सम्मेलन अगाडी नै कार्यालयबाट बाहिरिएका थिए ।

छानविन समितिले बुझाएको प्रतिवेदनमा विद्यालयमा चरम अनियमितता भएको देखिएको प्रतिवेदन लुकाएर पत्रकार सम्मेलन गर्नु अनियमितता ढाक्ने प्रयास भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए ।

छानविन समितिले वुझाएको प्रतिवेदन मध्ये केही सारसंक्षेपमा मन्थली माविले शिक्षक तथा कर्मचारी व्ययवस्थापन भर्ना गलत गलत देखिएको, बस व्यवस्थापनको नाममा मनलाग्दी रुपमा भुक्तानी गरेको, नमुना विद्यालय कार्यक्रम अन्तर्गत छात्राबास भवन निमार्णमा अनियमितता देखिएको लगाएतका विषयवस्तु सार्वजनिक गरेको छ ।

मन्थली माविले  बालबालिकाको नाममा अभिभावकबाट शुल्क असुली गरेको, निजी श्रोत र शिक्षक भर्ना प्रक्रिया नै गलत भएको,  वित्तिय व्यवस्थापनमा मनलाग्दी रुपमा खर्च गरेको लगायतका विषय भने सारसंक्षेपमा राखिएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली नगरपालिकाका विद्यालय भदौ २७ गतेदेखि खुल्ने

Next Post

प्रतिवेदन लुकाउँदै ध्यानाकर्षण

Next Post
प्रतिवेदन लुकाउँदै ध्यानाकर्षण

प्रतिवेदन लुकाउँदै ध्यानाकर्षण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.