Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भ्रष्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पक्राउ,सीबीआईको भयंकर नाटक -मिडियाहरुको टिप्पणी

Kumar Shrestha by Kumar Shrestha
August 22, 2019
in समाचार
0
भ्रष्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पक्राउ,सीबीआईको भयंकर नाटक -मिडियाहरुको टिप्पणी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

५ भदौ, काठमाडौं । भारतका पूर्व अर्थमन्त्री पी. चितम्बरम भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)को टोलीले चितम्बरमलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी छ ।

आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अगि्रम जमानतको याचिका दिल्ली हाई कोर्टसमक्ष गरेका थिए, तर त्यो खारेज भएपछि सीबीआईले पक्रेको हो ।

मिडिया कम्पनी आईएनएक्सलाई फाइदा हुने गरी विदेशी लगानी स्वीकृत गर्ने विभाग फरेन इन्भेष्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी)मार्फत् अनियमितता गरेको आरोप चितम्बरमलाई लागेको छ । उक्त मिडिया कम्पनीलाई विदेशी लगानीको स्वीकृति दिँदा चितम्बरम अर्थमन्त्री थिए ।

मंगलबारदेखि उनी सम्पर्कमा थिएनन् । तर बुधबार साँझ स्थानीय समयअनुसार सवा आठ बजे कांग्रेस कार्यालयमा पुगेर उनले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले आफूमाथि लागेको भ्रष्टाचारको आरोप सही नभएको दाबी गरे । उनले आफू नभागेको बरु आफ्नै हितको रक्षाका लागि कानुनको शरणमा गएको पनि बताएका थिए ।

उनले भने, म मेरो वकिलसँग बसेर आफ्ना कागजात तयार पार्दै थिएँ । तर मलाई लुकेर बसेको भने आरोप लगाइयो । सत्य त के हो भने मैले कानुनसँग सुरक्षा मागिरहेको थिएँ ।’

यद्यपि उनको पत्रकार सम्मेलनमा सीबीआईको टोली पुगे पनि त्यहाँबाट पक्राउ गरेन । पत्रकार सम्मेलनपछि उनी जोरबागस्थित आफ्नो घर फर्किएका थिए । उनी घर पुगेको केही मिनेटमै सीबीआईको टोली पनि त्यहाँ पुग्यो । तर, चितम्बरमको घरको ढोका खुलेन । टेलिभजन च्यानलहरुबाट प्रसारण गरिएको भिडियोमा ढोका फोडेर सीबीआईको टोली घरभित्र प्रवेश गरेको देखिन्छ । त्यसपछि सुरक्षाका लागि दिल्ली प्रहरीलाई पनि बोलाइयो । केहीबेरमा चितम्बरमका कार्यकर्ताहरु घरबाहिर भेला भएर सरकार र प्रहरीविरुद्ध नाराबाजी सुरु गरे ।

यसअघि सीबीआईको टोली मंगलबारै उनको घरमा पुगेको थियो, तर उनी फेला नपरेपछि पूर्जी छाडेर हिँडेको थियो । सीबीआईले भनेको थियो, हामी चितम्बरमलाई पक्राउ गर्न खोजिरहेका छौं, तर उनी फेला परिरहेका छैनन् । जबकी कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गर्दा सीबीआईको टोली पनि त्यहीँ थियो तर गिरफ्तार गरेन । चितम्बरम घर आएपछि मात्र सीबीआईले नियन्त्रणमा लियो र सीबीआई मुख्यालयमा लगियो । यस कार्यलाई ‘सीबीआईको भयंकर नाटक’ भनेर मिडियाहरुले टिप्पणी गरेका छन् ।

साभारः अनलाईनखबर

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रोजगारको अवसर -१ सय १ नर्सहरू माग्यो प्रदेश सरकारले

Next Post

बागलुङको पत्रकार महासंघ भवनमा अज्ञात समुहद्भारा तोडफोड

Next Post
बागलुङको पत्रकार महासंघ भवनमा अज्ञात समुहद्भारा तोडफोड

बागलुङको पत्रकार महासंघ भवनमा अज्ञात समुहद्भारा तोडफोड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.