Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

केबलकारको भविष्य अन्यौलः गाउँपालिका प्रमुख तामाङ

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
केबलकारको भविष्य अन्यौलः गाउँपालिका प्रमुख तामाङ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको प्रशिद्ध मन्दिर खाँडादेवी मन्दिरमा बन्ने भनिएको केवलकारको योजना अन्यौलमा परेको छ । खाँडादेवी गाउँपालिका प्रमुख प्रेम तामाङले केवलकार निर्माणको लागि सरकारले लगानी गर्न नमिल्ने भएकाले उक्त केबलकारको भविष्य अन्यौल रहेको बताएका छन् । प्रदेश सरकारले केवलकार निर्माणको लागि लगातार दुई वर्ष बजेट विनियोजन गरेको भए पनि सरकारको लगानीमा केवलकार निर्माण गर्न नहुने भएसँगै योजना अलपत्र परेको गाउँपालिका प्रमुख तामाङले जानकारी दिए । पालिकाका अध्यक्ष तामाङका अनुसार सरकारले लगानी गर्न नमिल्ने भए पछि मनकामना केवलकार र चन्द्रागिरी केबल कार सञ्चालन गर्ने पक्षसँग खाँडादेवीमा केबलकार निर्माणका लागि कुराकानी भएको तर उक्त पक्ष दुवैले खाँडादेवीमा सडक सुविधा भएकाले लगानी नउठ्ने हो कि भन्ने मनसाय व्यक्त गरेको बताए । लगानी कर्ताहरुले “तपाईहरुले मन्दिर नजिकै कालोपत्रे सडक लैजानु भएकाले केबलकारको लगानी उठाउन गाह्रो होला कि ? भनेर भन्नु भएको छ ।” तामाङले भने । त्यसैले निजी क्षेत्रको लगानीको बारेमा पनि टंगोमा पुग्न नसकिएको तामाङको भनाई छ ।
वी.पी राजमार्गको रातामाटादेखि खाँडादेवी गाउँपालिका तर्फको सडक कालोपत्रे भइसकेको छ । कालोपत्रे सडकबाट मन्दिर केही मिनेटमै पुग्न सकिने भएकाले दर्शनार्थीलाई मन्दिर दर्शन सहज वनेको छ । वी.पी राजमार्गबाट झण्डै आधा घण्टामा मन्दिरमा पुग्न सकिने तामाङले वताए ।
गएको निर्वाचनमा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेलले खाँडादेवी मन्दिर सम्मको केबलकार निर्माण गर्ने योजना घोषणा पत्रमा सार्वजनिक गरेका थिए । निर्वाचनमा विजयी भएपछि बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भएका उनले केबलकारको सम्भाव्यता अध्ययन गर्न लगाएका थिए । सम्भाव्यता अध्ययनले रातामाटादेखि खाँडादेवी मन्दिरसम्म पुग्ने केबलकार निर्माणको करिव साँढे २ अरब लगानी लाग्ने अनुमान गरेको थियो । झण्डै ९ किलोमिटर लामो उक्त केबलकार निर्माणका लागि बाग्मती प्रदेश सरकारले लगातार २ बर्ष बजेट समेत विनीयोजन गरेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

निर्वाचनमा गरेको बाचा ९० प्रतिशत सम्पन्न भयो-पालिका अध्यक्ष सुनुवार

Next Post

नेकपा एमालेले गर्यो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

Next Post
नेकपा एमालेले गर्यो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले गर्यो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.