Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निर्वाचनमा गरेको बाचा ९० प्रतिशत सम्पन्न भयो-पालिका अध्यक्ष सुनुवार

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
निर्वाचनमा गरेको बाचा ९० प्रतिशत सम्पन्न भयो-पालिका अध्यक्ष सुनुवार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका प्रमुख खड्गबहादुर सुनुवारले निर्वाचनको समयमा आफूले नागरिक सामु गरेको बाचा ९० प्रतिशत पूरा गरेको बताएका छन् । जनता भ्वाईससँग कुरा गर्दै गाउँपालिका प्रमुख सुनुवारले निर्वाचनको समयमा नागरिकसँग गरेको बाचा आफुले ९० प्रतिसत पूरा गरेको बताएका छन् ।
गाउँपालिका प्रमुख सुनुवारले अन्य स्थानीय तहमा वडा कार्यालय नहँुदा भाडामा बसेर काम गर्नका साथै गाउँपालिका केन्द्रमा कर्मचारी बसेर काम गरेको बताए । सुनुवारले भने गोकुलगंगा गाउँपालिकाको सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र सबै वडाको काम वडा कार्यालयबाट सञ्चालन भएको बताए । साथै सुनुवारले गाउँपालिकामा अस्पताल नहुँदा नागरिक धेरै समस्यामा रहेको आफूले देखेको र आफू अध्यक्ष भएसँगै अस्पताल स्थापना गर्न पर्छ भनेर लागेको र अस्पताल स्थापना भएर उपचार पनि सुरु भइसकेको बताए । गाउँमा अस्पताल नहुँदा नागरिकहरु कि त जिल्ला सदरमुकाम मन्थली कि त काठमाडौं उपचारको लागि जानु पर्ने अवस्था थियो । नागरिकलाई ठूलो आर्थीक भार त थियो नै गम्भीर खालका बिरामीलाई समयमा अस्पताल पु¥याउन नसक्दा कतिले अकालमा ज्यान गुमाउनु परेको अवस्था थियो । अहिले अस्पताल सञ्चालनमा ल्याएका छौ । ती सबै समस्या हटेर गएको छ गाउपालिका प्रमुख सुनुवारले भने ।
त्यस्तै उनले कुरा गर्दै गाउँपालिकामा सडक भएपनि सडकको अवस्था राम्रा नभएको अवस्था थियो । अहिले कालोपत्रेको काम भइसकेको भन्दै सदरमुकाम जान र उत्पादित बस्तु निकासा गर्न कुनै समस्या नभएको बताए । युवाहरुलाई स्वरोजगार वनाउने उद्देश्यले कृषि पेशामा आकर्षण गराउनको साथै अन्य ब्यवसाय गर्ने युवाहरुलाई अनुदान दिएर युबाहरु लाई बिदेश जान रोक्ने प्रयास गरेको बताएका छन् । खानेपानीको अभाब भएको स्थानमा आफू गाउँपालिका प्रमुख भएसँगै एक घर एक धारा कार्यक्रम सञ्चालन गरीरहेको भन्दै गाउँपालिकामा बिकासले गति लिएको बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्छः माधव नेपाल

Next Post

केबलकारको भविष्य अन्यौलः गाउँपालिका प्रमुख तामाङ

Next Post
केबलकारको भविष्य अन्यौलः गाउँपालिका प्रमुख तामाङ

केबलकारको भविष्य अन्यौलः गाउँपालिका प्रमुख तामाङ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.