रामेछाप,भदौ, ०६
रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामछापको आयोजनामा भएको रत्तदान कार्यक्रममा नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानिय गरी २० जनाले रक्तदान गरेका छन् ।
मन्थली नगरपालिकाको वडा नं ०१ स्थिन आकाशेमा गरिएको सो कार्यक्रमले रगत अभाव भएका मानिसहरुको मात्रलाई सहयो पुग्ने नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा रामेछापका मन्त्रि जय प्रकाश श्रेष्ठल विश्वास ब्यक्त गरे ।
रक्तदान कार्यक्रम शसस्त्र प्रहरीबल महानिरीक्षको दोस्रो वर्ष पटक गरेको तर रामेछापमा भने पहिलो पटक गरेको हो । सानो ठाँउ र एक ब्यक्तिले तीन महिना पछि मात्रै रक्तदान गर्न मिल्ने भएकाले मानिसको संख्या कम भएको उनले जानकारी दिए ।
जिल्लामै डाईलोसिस् सुरुभएकोले पछिल्लो समय रगतको माग धेरै भएको उनले बताए । मन्थली स्थित जनस्वस्थ्य हस्पिटलमा सुत्केरी अप्रेशान पनि गरिने भएकाले जिल्लाका अस्पतालहरुमा रगत खपत हुन थलेको हो ।
श्रेष्ठले केही अगि रेड्क्रस् जिल्ला शाखा रामेछापले संचालन गरेको रगत संकलन केन्द्र बन्द भएको भन्ने भ्रम फैलिएकाले त्यो समाचार गलत भएकोमा उनले जोड् दिए ।