सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामासँग गरिएको कुराकानीको सार संक्षेप
पहिलो निर्वाचित जनप्रतिनिधि भएको नाताले बनाएको व्यक्तिका रुपमा तपाईको अनुभव के छ ?
नयाँ संवैधानिक संरचना अनुसार नेपालमा तीन वटा सरकारहरु सञ्चालनमा छन् । त्यसमा मैले मेरो अनुभूतिको कुरा गर्दा संघ र प्रदेश सरकारको तुलनामा स्थानीय नागरिकहरुका सवालमा स्थानीय तहको भूमिका बढी जिम्मेवारपूर्ण हुन्छ । स्थानीय सरकार र तिनका जनप्रतिनिधिहरुसँग जनताहरु धेरै उत्तरदायित्व हुनु पर्ने । गाउँको जनताहरुको बीचमा गएर काम गर्नेुपर्ने हुँदा अरु दुई वटा सरकार भन्दा स्थानीय सरकार चाहीँ बढी जिम्मेवार हो भन्ने मैले अनुभूति गरेको छु । स्थानीय सरकारको प्रतिनिधिलाई भेट्न जति सजिलो छ, उनीहरुलाई आवश्यक पर्दा संघको सरकार र मन्त्रीज्यूहरुलाई भेट्नको लागि त्यति नै समस्या छ । उनीहरुलाई भेट्न खल्तीमा अलि पैसा नभएसम्म भेट्न सम्भव छैन ।
पाँच वर्ष अघि निर्वाचनमा भाग लिदा तपाईले गर्नुभएका घोषणापत्र अनुसारको काम कति पूरा गर्नु भयो ? कुन पूरा हुन सकेन ?
सर्वप्रथम त हामीले चुनावमा जाँदाखेरी जनतालाई परेको मुख्य समस्याहरुलाई समाधान गर्छौ भनेका थियौँ । जसअनुसार सबभन्दा पहिला हामीले २०७२ सालको भूकम्पले रामेछाप जिल्लाको भौतिक संरचनाहरु सबै क्षति गरेको थियो । त्यसैका लागि गएको एक वर्ष हाम्रो लागि चुनौतिको कुरा बन्यो । किनकी त्यो काम सम्पन्न गर्नको लागि हामीले प्रत्येक जनताको घर आँगनमा निर्माण सामाग्री पुग्नको लागि बाटो बनाउनु प¥यो । अहिले हाम्रो गाउँपालिकामा मात्रै नभई रामेछाप जिल्लाको आठै वटा स्थानीय तहमा बाटो नपुगेको भन्ने छैन । पूर्वाधारको आधारमा हेर्ने हो भने अहिले सडक, बत्ती, पानी सबै ठाउँमा पुगेको छ । सबै संरचनाहरु, बस्ने घर बनेको छ । हामीले नीतिगत रुपमा जुन योजना बनाएका थियौ त्यो काम पूरा गरेका छौ । दोस्रो कुरा शिक्षामा हामीले जति काम गर्नुपर्ने थियो त्यो काम गरी सकेका छौ । शिक्षाको कानून बनाएका छौ । हामीले पहिलादेखि दरबन्दी मिलन गर्न नसकेको गाउँमा दरबन्दी मिलान गरेको छौ । सरुवा ब्यवस्थपन गरेको छौ र हामीले राज्यले तोकेको भन्दा बढी काम गरेका छौ । राज्यले संविधानमा भनेको छ, एक गाउँमा एक प्राविधिक शिक्षालय खोल्ने छ भनेर । हामीले एउटा पालिकामा तीन वटासम्म प्राविधिक शिक्षालय खोलका छौ । सुनापति गाउँपालिकामा दुई वटा नमुना विद्यालय छन् । एउटा संघीय सरकारको र अर्को प्रदेश सरकारको । ती विद्यालयको विकासको कुरा गर्ने हो भने एस.ई.ई.मा होस् या अरुमै पहिला सुनापति गाउँपालिकामा हेरेर अरु पालिका हेरिन्छ । हामीले कम्तिमा पनि ९०% काम चाहिँ घोषणा पत्रमा उल्लेख भएअनुसार गरिसकेका छौ ।
बाँकी दश प्रतिशत काम पूरा हुन नसक्नुको कारण चाहीँ के होला ?
पहिलो कुरा त आरम्भमा कानूनको समस्या भयो । हामी भन्दा अगाडि संघ र प्रदेशको चुनाव भएको भए हामीले एक वर्ष पछाडि कानून बनाउन सक्ने थियौ । जुन हुन सकेन । संविधानमा नै कुनै तहको सरकारको बीचमा त्यो नभएको भए लागू हनेछ । उहाँहरु भन्दा कानून, कार्यविधि, नियमावली हामीले अगाडि बनाउनु प¥यो । त्यो गर्दा खेरी उहाँहरुले पछि बनाउनु भयो । कुनै मन्त्रालयहरुले त हाम्रै हुबहु सारेको छ । यी नै कानूनी जटिलताले गर्दा एक वर्षसम्म हामीलाई काम गर्न अति गाह्रो भयो । दोस्रो वर्ष भने हामीलाई कोभिडले गर्दा पनि समस्या भयो । अझ पनि हाम्रो ६ महिनाको कार्यकाल बाँकी छ । यो समय अवधिमा हामीले सय प्रतिशत नै काम गरेर देखाउने छौ ।
यो कानूनको सन्दर्भलाई जोड्दा, स्थानीय तहलाई जति पनि कानून बनाउने अधिकार दिइएको थियो, त्यो अनुसार कति कानून बन्यो ?
हामीलाई एउटा विपत सम्बन्धि कार्यविधि, शिक्षकहरुका लागि शिक्षक दरबन्दी थप्न घटाउन र सरुवा सम्बन्धि र नियुक्ति गर्न कार्यविधि चाहियो । कृषिको लागि अनुदान लिन, स्वास्थ्य बिमाको लागि कानून र कार्यविधि अनिवार्य रुपमा चाहिन्छ । त्यसैले गर्दा हामीले अहिलेसम्म सुनापति गाउँपालिमा ४० भन्दा माथि कानून बनाएका छौ । त्यसलाई स्थानीय राजपत्रमा प्रकाशित गरेको छ अनि मात्र त्यो कानून लागू हन्छ । हामीले यो कामहरुलाई पनि लागू गरिसकेका छौ ।
तपाईले ४ वर्ष पूरा भई ५ वर्ष लाग्दाको अवधिमा हासिल गरेको महत्वपूर्ण उपलब्धीहरु के–के हुन् ? पाठकहरुलाई बताईदिनुस् न ।
सबैभन्दा महत्वपूर्ण काम भनेको राज्यले गर्न नसकेको र राज्यको नीतिमासम्म नपरेको काम पनि हामीले सम्पन्न गरेका छौ । त्यस बाहेक सुनापति गाउँपालिमा हामीले दलितहरुलाई १०० प्रतिशतसम्म स्वास्थ्य बिमा गरिदिएका छौ । त्यो के हो भन्दाखेरी हामीले ३ हजार ५ सय जनाको स्वास्थ्य विमा गरिसकेपछि उहाँको परिवारले १ लाख रुपियाँको ५ जनाले उपचार गर्न पाइन्छ । जुन राज्यले नगरेको ठाउँमा हामीले गरेका छौ भने सुनापति गाउँपालिका भरिका आम जनताहरुलाई पनि ५० प्रतिशत अनुदानमा हामीले स्वास्थ्य बिमा गरेका छौ । यो सरकारको नीति भन्दा हाम्रो नीति बेग्लै छ र हामीले ती कामहरु गरेका छौ । दोस्रो हामीले विधुवा भत्ता भनेर महिलाहरुलाई दिने गरिन्छ । अन्यत्र एकल महिलाले पाइसकेपछि एकल पुरुषले पाउदैन तर हामीले एक हजार रुपियाको दरले एकल पुरुषलाई पनि भत्ता दिने काम गरेका छौ । विवाह नगरी बस्नु भएको दिदीबहिनीहरुलाई ६० वर्ष उमेर पुगेकोलाई पनि हामीले भत्ता व्यवस्था गरेको छौ । र तेस्रो कुरा भन्नु पर्दा नेपालमा राज्यले सुत्केरी भत्ता महिलाहरुको लागि २ हजार २०० दिन्थे । हामीले गाईभैसीँहरुको लागि पनि सुत्केरी भत्ता ३ हजार रुपियाँ दिएका थियौ । जुन अनियमितता भयो भनेर अहिले चाहिँ रोकेका छौ किनभने गाईभैसीको सुत्केरी भत्ता लिइसकेपछि भोलिपल्ट गाई भैसीँ नै बेचिदिने त्यो खेर गयो भन्ने कुराले हामीले रोक्यौ । अर्को हामीले विभिन्न क्यान्सर, बोन म्यारो, किड्नी फेल, मुटुको भल्भ फेर्न १ लाखको सिफारिस लिन आउनेलाई जनताले तिरेको कर जनतालाई नै हुनुपर्छ भन्ने हिसाबले बाटो खर्च भनेर १० हजार रुपैँया दिएका छौ । यी चीज राज्यले गरेको छैन हामीले गरेका छौ । कृषिमा हामीले कृषि बैंक भनेर स्थानीय बैंक खोलेका छौ । कसको घरमा कुन बाली सबैभन्दा राम्रो फलेको छ त्यस बालीको बीउको हामीले नमुनामा राखेका हुन्छौ र हामीले त्यहाँ कर्मचारीको दरबन्दी सिर्जना गरेका छौ । त्यहाँ गएर आफूलाई कुन बालीको बीउ चाहिएको हो त्यो लिन जाँदा आवश्यकता अनुसारको बीउ दिने व्यवस्था गरेका छौ । त्यसका लागि हामीले बजेट छट्टाएर काम गरेको पनि ३ वर्ष भयो ।
आउँदो स्थानीय निर्वाचनमा तपाई फेरी उम्मेदवार बन्नु हुन्छ कि हुन्न ?
एउटा कुरा अघि नै मैले भने महत्वको हिसाबले हेर्ने हो भने स्थानीय तह महत्वपूर्ण हो । तर म चाहिँ आप्mनो उमेर र पार्टीको हैसियतको जिम्मेवारीका कारणले स्थानीय तहमा नबस्ने की भन्ने मेरो आफ्नो विचार रहेको छ । भोलि अन्यथा पार्टीले जबरजस्ती गर्ने, विभिन्न चिजहरु भयो भने त एकठाउँमा होला नत्र भने मेरो अहिले त्यस्तो सोच छैन । म भन्दा पनि सशक्त रामेछाप जिल्लालाई नै पार लाउन सक्ने एकसे एक राजनीतिक युवा नेता पार्टीमा छन् । ती युवाहरुलाई चाहि अवसर दिनुपर्छ भन्ने मेरो धारणा रहेको छ ।
भौतिक विकास र मानवीय विकासमा सन्तुलन ल्याउने गरी अहिलेसम्म के के काम कसरी गर्नुभएको छ ?
अब भौतिक विकासका काम त मैले अघि नै भनि सकेको छु । मैले एकजना बालाई बाटोमा हिड्दा सोधेको थिए । बा तपाईको घरमा गाडी, एम्बुलेन्स पुग्छ । बाले पुग्छ भन्नुभयो । अनि तपाईको घरमा आगोलागी हुँदा दमकल बोलायो भने आउँछ भन्दा आउँछ भन्नुभयो । औषधि खानको लागि तपाई कति हिड्नुपर्छ भनेर सोध्दा १० मिनेट नी लाग्दैन भन्नुभयो । विद्यालय चाँही टाढा छ क्यारे भन्दा छैन भन्नु भयो । अनि मैले फेरी सोधे तपाईको घरमा पानी, बत्ती छ भन्दा छ भन्नुभयो । ए सबै चिज भइसकेछ त भन्दा, मैले जीवनमा नदेखेको विकास त यो गाउँमा भयो तर मेरो लागि के भयो भनेर भन्नुभयो । व्यक्तिगत फाइदा खोज्नुहुन्छ । यो व्यक्तिगत फाइदा भन्ने कुरा चाहि प्राकृतिक रुपमा र कसरी हुन्छ भन्ने कुरा गरेर हेर्न बाँकी नै छ तर पूर्वाधारको विकासको कुरा गर्दा खेरी हामीले नागरिकहरुलाई दिनुपर्ने सहुलियतहरु पूर्ण रुपमा नै दिएका छौ ।
विगत चार वर्षको अवधिमा तपाईले भोग्नुपरेका चुनौतीहरु कस्ता कस्ता रहे ?
हामी भन्छौ, संघर्ष नै जीवन, जीवन संघर्ष हो । हामी द्वन्द्वात्मक भौतिकवादलाई मान्ने मान्छे हौँ । हामी संघर्ष, रुपान्तरण र एकताको दिशातिर लाग्ने मान्छे हौँ । जसलाई जनताले राम्ररी जानेको पनि छ । काम गर्नै क्रममा सम्पूर्ण चिज एकैचोटी, एकै सालमा सम्पन्न गरिसक्नु पर्ने भन्ने जनमान्यता रहेको छ । जुन सोचे अनुरुप सम्भव पनि छैन । त्यसका लागि हामी के भन्छौ भने त्यस्तो कुराहरु क्रमबद्ध रुपमा समाधान गर्दै जानुपर्छ । एकै दिनमा एउटै चिज सम्भव हुदैन । एक्काइसौ शताब्दीमा अहिलेसम्म नसोचेको विकास यो ४ वर्षमा भएको छ तर पनि नागरिकले सोचे जस्तो चाहि हुन नसक्नु नै मेरा लागि चुनौतिको विषय हो ।
स्थानीय तहमा भएका कार्यशैलीहरुलाई नीतिगत रुपमा सुधार गर्नुपर्ने कुरा देख्नुभएको छ ?
त्यो त सामाजिक रुपमा हामी मानव जाति हौ जहिले पनि हामीले गर्ने कामहरु निर्मित गतिविधिहरु हामीले लिएको नीति, विचार, सिद्धान्त जे पनि अधुरो र अपुरो हुन्छ । जहिले पनि सिक्नुपर्ने हुन्छ र सिकिरहनु पनि पर्छ । त्यस कारणले समाजमा परिवर्तन हुनका निमित्त सामाजिक रुपमा सबैले दृष्टिकोण नै बदलेर र सबै मान्छेहरुको शैक्षिक गतिविधि र जनचेतनाहरुको काम गराउन सकियो भने सामाजिक रुपमा रुपान्तरण गर्न सकिन्छ । नत्र भने हामीले चाहिँ सामाजिक रुपमा सबै कुराहरु गरिसक्यौ भन्दा चाहिँ त्यो कुरा अधुरो रहन्छ । त्यसकारण हामीले सिक्दै र गर्दै अगाडि बढ्नु छ । आवश्यकता अनुसार नीति योजना बनाउदै र त्यसको कार्यान्वयन गर्दै व्यवहारिक रुपमा देखाउदै जानुपर्ने हुन्छ ।
स्थानीय जनप्रतिनिधिहरु विकास निर्माणमा गुटगत, परिवारगत, काम गर्दा आर्थिक प्रलोभनमा पर्ने गरेको भन्ने आम नागरिकको गुनासो सुनिन्छ, यसमा तपाईको के टिप्पणी छ ?
अहिले हाम्रो समाज पुँजीवादी सिद्धान्तमा हिडिरहेको छ । अब हाम्रो राष्ट्र चलाउने प्रधानमन्त्री नै त्यस्तो कामहरु गर्नु हुन्छ । हाम्रो संघमा भएको मन्त्री, हाम्रो माथिल्लो निकायको न्यायाधीशदेखि लिएर सबै कर्मचारीहरु त्यहि बाटामा हिड्दा मैले गरेन भनेर भन्दा खेरी कसैले पत्याउँदैनन् । आपूmलाई इमान्दारीपूर्वक त्यस्तो काम गर्न हुँदैन नैतिकताले दिदैन जस्तो लाग्छ । तर यसमा म के भन्छु भने त्यस्तो काम गर्नेलाई जनताले समातेर जनकारबाही गर्नुपर्ने हुन्छ । प्रमाणको आधारमा गर्नुपर्छ त्यसकारणले गर्दा म सुनापति गाउँपालिकाको अध्यक्षको पदमा रहँदा मैले लाभको पद लिइसकेपछि मैले त्यस खालको कुकर्म केही गरेको छ कि छैन । नागरीकहरुले छानविन गरोस् र यदि गरेको प्रमाणित भए मलाई पनि कारबाही गर्नुप¥यो र कारबाही भोग्न पनि तयार हुन पर्छ ।
अन्तिममा मैले तपाईलाई सोध्न छुटेका र तपाईले भन्नै पर्ने केही विषयवस्तु छन् भने यहाँले पाठकहरुलाई बताईदिनुस न ?
मेरो पालिकामा भए गरेको कुरा प्रचारप्रसार गर्ने लगायत तपाईले जे गर्न प्रयत्न गर्न खोज्नु भएको छ त्यसका लागि म तपाई र तपाईको सिङ्गो टीमलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । अर्को कुरा अहिले राष्ट्र निर्माणको लागि हामी तपाईहरु सबैको काँधमा उत्तिकै साझा जिम्मेवार छ । त्यस कारणले गर्दा भन्दा पनि हामी सम्पूर्ण बुद्धिजिवि पत्रकारहरु सबै एक भएर देशको विकासको दिशातिर ऐक्यबद्धताका साथ उन्मुख हुनु पर्ने अवस्था छ । अहिले पनि राष्ट्रले निकास नपाइरहेको छ । राष्ट्रको निकास र देशको विकासको लागि हामी एक भएर लागि पर्नु जरुरी छ । त्यसैले रामेछापको एउटा पालिकामा मात्रै नभई आठै वटा पालिका समृद्ध भयो भने जिल्लाको विकास सम्भव छ । जिल्ला समृद्ध भयो भने प्रदेश बन्छ, प्रदेश समृद्ध भयो भने देश बनिन्छ तर देश भ्रष्टहरुको हातमा छ । सरकारमा विभिन्न किसिमका राजनीतिक दलहरु छन् । तसर्थ सबै एकजुट भएर विकासको निमित्त लाग्नका लागि पनि पुनः म सबैलाई आग्रह गर्छु ।