Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको दोस्रो खेल नेपालले आज फिलिपिन्ससँग खेल्दै

Kumar Shrestha by Kumar Shrestha
February 21, 2022
in जनता स्पेसल, समाचार
0
आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको दोस्रो खेल नेपालले आज फिलिपिन्ससँग खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

७ फागुन, काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ ।

नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ ।

ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो ।

फिलिपिन्सलाई हराउन सकेमा नेपालले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । नेपाल र फिलिपिन्सबीच खेल भएकै समयमा यही समूहका क्यानडा र ओमानबीच पनि खेल हुनेछ । नेपाल र क्यानाडाले आआफ्नो खेलमा आफू अनुकूल नतिजा निकालेका अवस्थामा यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो आजै लाग्नेछ ।

ग्लोबल क्वालिफायर ए मा रहेका ८ टोलीलाई दुई समूहमा बाँडेर प्रतियोगिता सन्चालन गरिएको छ । अर्को समूहमा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन छन् । दुई समूहको शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो । ११८ रनको लक्ष्य पछ्याएको ओमानलाई १७ ओभरमै ७८ रनमा अलआउट गर्दै नेपालले सानदार जित निकालेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

५०१ जना कैदीको कैद मिनाहा र १२ जनालाई सजाय माफी

Next Post

एमसीसीबारे छलफल गर्न समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

Next Post
एमसीसीबारे छलफल गर्न  समाजवादीको स्थायी कमिटी बैठक आज  बस्दै

एमसीसीबारे छलफल गर्न समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.