फागुन ७ काठमाडौ। प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ५०१ जना कैदीको कैद मिनाहा र १२ जनालाई सजाय माफी गरिएको छ ।
राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकी अपारध संहिता २०७४को दफा ४५को उपदफा(४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५को दफा ३६को उपदफा(४) र फौजदारी कसूर नियमावली २०७६को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शनिबार देखि लागू हुने गरी ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद र मुलुकी फौजदारी कार्यविधि संहित २०७४को दफा १५९ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा १२ जना व्यक्तिहरुलाई फैसलमा बमोजिम सजाय माफी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।