Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सभापतीको व्यवहार प्रति असन्तुष्टी जनाउदै बहुमत सदस्यले गरे रामेछाप कांग्रेसको बैठक बहिष्कार

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सभापतीको व्यवहार प्रति असन्तुष्टी जनाउदै बहुमत सदस्यले गरे रामेछाप कांग्रेसको बैठक बहिष्कार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप १६ फागुन । सोमबार सित्खा बजारमा बसेको नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुले बहिस्कार गरेका छन् । जिल्ला सभापति पुर्णबहादुर तामाङ्ग (कान्छाराम) को ब्यवहार प्रति असंतुष्ट बनेको सदस्यहरुले बैठक चलिरहेको बेला पार्टि सचिव दीपक खड्काको नेतृत्वमा बैठक बहिस्कार गरेका हुन् । सचिव खड्का संगै समितिका बहुमत सदस्यहरुले पार्टि सचिब दीपक खड्काको लाईनलाई समर्थन गर्दे बैटकबाट बाहिरिएका थिए ।


बैठक बहिस्कार गर्नै हरुमा सचिव दीपक खड्का,सह सचिव ध्रुब चौलागाई रहेका छन् । त्यसैगरि सदस्यहरुमा शिव बस्नेत ढाकाल थापा,घन नारायण श्रेष्ठ,गुन्ज बहादुर कार्की,कल्पना खड्का कार्की,हिमाल ढुंगेल,सिताराम कार्कि, नबराज घिमिरे,गोमा कार्कि,सुमन्त कार्कि,कमल प्रकाश सुनुवार,कमल कार्कि,संजिब विक,हस्त लामा र मन्दिरा घिमिरे रहेका छन् ।


बैठकको आरम्भ भएपछि पार्टि सचिब दीपक खड्काले बोल्नका लागि सभापति कान्छाराम तामाङ्ग संग समय मागेका थिए । सो क्रममा सभापतिले मनोनित सदस्य नारयण बोगटीलाई प्रबक्तामा मनोनयन गरेको पत्र पढेर सुनाउन आग्रह गरेका थिए । तर सचिव खड्काले सभापतिले विधान विपरित आफु र अन्य पदाधिकारी संग सल्लाहनै नगरि प्रबक्ता तोक्ने काम गरेर नितिगत बर्खिलाप गरेको भन्दै उक्त पत्र पढ्नलाई अस्विकार गरेका थिए ।


आफु बोल्ने क्रममा सचिव खड्काले पार्टिको चौधौ महाधिबेसनबाट विजय भएपछि सातौ बैठक सम्म आइपुग्दा सभापतिले असहमत राखे बापत सचिव दिपक खड्का र सह सचिव ध्रुव चौलागाई लाई बैठकमा नबोलाएको,अकिकांश निर्णय एक्लौटी ढंगले गर्दे आएको, अधिकाँश ब्यवहार र बोलिमा सामान्तबादको गन्ध आउने गरेको पार्टिका नेता तथा कार्यकर्ताहरुलाई नोकरको जस्तो ब्यवहार गरेको आरोप लगाएका थिए ।

पार्टिको बैठक भित्र र बाहिर पनि वोल्ने क्रममा नेता तथा कार्यकर्ताहरुलाई पटक पटक होच्याउने र अपमानित गर्ने जस्ता ब्यबहार गरेको,पुराना तथा त्यागि नेताहरुलाई पनि अपमानजन्य ब्यवहार गर्ने गरेकोले त्यस खालका ब्यवहार कुनै पनि नेता तथा कार्यकर्ताहरुका लागि अमान्य हुने भन्दै बैठक बहिस्कार गर्नै घोषणा सहित आफु बैठक बाट बाहिरिएको सचिव दीपक खड्काले जानकारी दिए ।


सचिब बाहिरिए संगै माथि उल्लेखित सदस्यहरुले पनि खड्काको कुरा प्रति सहमति हुँदै बैठक बहिस्कार गरेका थिए । बैठक बहिस्कार गरेका हरु सोमबार साँझ मन्थली आईसकेका छन् । उता यो समाचार तयार पारुन्जेल सम्म पनि सभापति सहित १३ जना अल्पमत सदस्यको बैठक बसिरहेको छ । यस बारेमा अर्का सचिव विनोद कार्की संग सम्पर्क गर्दा उहाँको फोन सम्पर्कक हुन सकेन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

स्थानीय तह निर्वाचनमा भाग लिन ८० दल दर्ता

Next Post

खाँडादेवी गाउँपालिकामा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को

Next Post
खाँडादेवी गाउँपालिकामा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को

खाँडादेवी गाउँपालिकामा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.