रामेछाप । “ घर घर जाऔ- नेपाली काँग्रेसलाई जिताऔ” अभियान चैत्र ९ गते बाट सुरु गर्ने नेपाली कांग्रेस रामेछापले बताएको छ । बिहिवार रामेछाप कांग्रेसका प्रवक्ता नारायण बहादुर बोगटीले पत्रकार सम्मेलन गरि सो कुरा जानकारी गराएका हुन।
प्रबक्ता बोगटीका अनुसार सो अभियानलाई संयोजन गर्न ६ गाउँपालिका र २ नगरपालिकाको संयोजक समेत तोकिईसकेको छ । “ घर घर जाऔ- नेपाली काँग्रेसलाई जिताऔ” अभियानका लागि रामेछाप नगरपालिकाको संयोजकमा (उप-सभापती) लेखबहादुर कार्की र मन्थली नगरपालिकाकालागि (सचिब ) बिनोद कार्कीलाई तोकिएको छ ।
त्यस्तै खाँडादेवी गाउँपालिका संयोजनका लागि (उप-सभापती) नबराज थोकर, गोकुलगंगा गाँउपालिकाका लागि (सचिब) दिपक खड्का , सुनापती गाँउपालिका गाउँपालिकाका लागि (सह-सचिब) धुर्ब चौलागाई, लिखु तामाकोशी गाँउपालिकाका लागि (सह-सचिब) कमल योन्जन, दोरम्बा शैलुङ गाँउपालिका गाउँपालिकाका लागि (कोषाध्यक्ष) लबबहादुर थापामगर र उमाकुण्ड गाउँपालिकाका लागि प्रबक्ता नारायण बहादुर बोगटीलाई संयोजक तोकिएको छ ।
यो अभियान चैत्र २१ गते सम्म चल्नेछ । यो अभियानको क्रममा रामेछाप कांग्रेसले पालिकामा तहमा पुगेर स्थानीय निर्वाचन केन्द्रीत काँग्रेसका रणनिती तथा मतदाताहरुको धारणा समेतलाई वुझ्नेछ । काँग्रेसले संचालन गरेका गतिविधिहरुका बारेमा पनि अभियानमा कार्यकर्ताहरुलाई प्रशिक्षित गराउने योजना काँग्रेसले अघी सारेको छ ।
रामेछाप जिल्लामा यो अभियान संचालनको जिम्मेवारी केन्द्रीय समितिले केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई दिएको छ । काफ्ले शुक्रबारनै रामेछाप आइपुग्ने कार्यक्रम छ ।