Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उस्सु बक्सिङ छाडेर बोएर पालन (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
April 4, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
उस्सु बक्सिङ छाडेर बोएर पालन (भिडियो सहित)
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

उस्सु बक्सिङ खेलमा १ दशक बढि बिताएका उनि खेल जीवन चटक्कै माया मारेर बाख्रा पाल्न थाले । खेलमा आफ्नो भविष्य र परिवारको खुसि नदेखे पछि उनले आफ्नो पेशा नै फेरे ।


उनले चार वर्ष अघि रामेछापको मन्थली, इटहरी र सुनसरीबाट उन्नत जातका बाख्रा बोका ल्याए र सुरु गरे छतिवन बहुउद्देश्सिय कृषी तथा पशुपालन प्रालि ।


पहिलो पटक ४० वटा बाख्रा बाट सुरु गरेको उनको फार्ममा अहिले २ सय भन्दा बढि बाख्रा छन् । सामान्य बाख्रापालनबाट व्यवसाय सुरु गरेको हिरालाल सुनुवारले अहिले बोयर जातीको बोका तथा पाठापाठी समेत उत्पादन गर्ने गरेका छन् ।


हिरालालले बोएर पाठापाठी उत्पादन सुरु गरेको खबर ’एक कान, दुई कान मैदान’ भएपछि उनको फार्ममा बोएरका पाठापाठी किन्ने किसान र व्यवसायीको भिड बढ्न थाल्यो । व्यवसाय फस्टाउदै गए पनि उनि अझै व्यवसायलाई बढाउन तल्लिन छन् ।

उनको फार्म सुनकोसी तिरैमा छ । सुनकोसीको सललल बगेको पानी सँगै चिटिक्क देखिन्छ उनको फार्म ।फार्म वरिपरि घाँस लगाईएको छ जसको कारणले वातावरण समेत मनमोहक देखिन्छ । उनको फार्ममा बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीहरूको भिड बढिरहेको हुन्छ। उनले फर्ममा बाख्रा सँगै टर्की, हाँस बट्टाई समेत पालेका छन् ।

नेपालमा दशैँ पर्वमा समेत खसी तथा बोका अपुग भई छिमेकी भारत वा चीनबाट किन्नु पर्ने अवस्था छ। यस्तो बेला छतिवन कृषी फार्ममा पाठापाठी किन्न आउनेहरूको उद्देश्य एउटै हुन्छः पाठा वा पाठी किन्ने, पाल्ने र मासुको लागि खसीबोकाको उत्पादन गर्ने र मुनाफा कमाउने।

बोएर जातका बाख्रा दक्षिण अफ्रिकामा पाइन्छ। बोएर बाख्रा वा बोका हेर्दै बलियो र खँदिलो मासु भएको हुन्छ। प्राय सेतो वा खैरो वा दुवै रङ्ग मिसिएको बोएर बाख्राले धेरै थरि रोग प्रतिरोध गर्न सक्षम हुन्छन्।


त्योभन्दा पनि चाख लाग्दो कुरा यो होः बोएरको पाठा पाठी एकदमै छिटो बढ्छन्। बोएर बाख्राको तौल ९० दिनमै ३६ किलोग्रामसम्म पुग्दछ।

अमेरिकाको टेक्सास र विभिन्न पश्चिमा देशहरूमा बोएर बोका यदाकदा विभिन्न खेल वा प्रदर्शनीको लागि पाल्ने गरिएको पाइन्छ। तर जताततै बोएर खसी, बोका र मासुको लागि प्रख्यात छ।

छतिवन फार्मबाट मासुका लागि खसी, बोका उत्पादन भइसकेको छैन। नेपालमा पनि शुद्ध बोएरको मासु अझै सहजै उपलब्ध छैन। तर अफ्रिका र अमेरिकातिर मासुका पारखीहरूले बोएरको मासु खोजी खोजी खाने गरेको जानकारहरू बताउँछन्।

उनी देशबाट युवाहरू विदेश पलायन हुने क्रम नरोकिएकोमा साह्रै खिन्न थिए। रामेछाप जिल्ला रामेछाप नगरपालिका ५ रामपुर छतिवनमा जन्मिएका सुनुवार कृषिबाटै देशमा उन्नति प्रगति हुने कुरामा ढुक्क भए।

“युवाहरू महिनामा २०–२५ हजार रुपैयाँ कमाउनको लागि दुई तीन लाख खर्च गरेर वैदेशिक रोजगारीमा गइरहेका छन्। उनीहरूले नेपालमा नै बसेर एउटा बोका बिक्री गर्दा २०–२५ हजार रुपैयाँ सजिलै कमाउन सक्छन्।“–उनले भने ।

उनको फार्ममा केही युवा युवतीले रोजगारी पनि पाएका छन्। उनले अझै धेरैलाई रोजगारी दिने सोचिसकेका छन्।

हिरालाल सुनुवारको फार्ममा जाँदा त्यहाको बाख्रा देखेर सबै छक्क पर्ने गरेका छन्। नौलो जातको बाख्रा पालन गरेका सुनुवारको फार्म बाख्रा पालन गर्ने किसानहरूलाई पाठशाला भएको छ। उनको फार्ममा नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि संघ सस्था र किसानहरू आउने गरेका छन्।

फार्ममा काम गर्नेहरू पनि उनको व्यवहार देखि खुसि छन् । परिवारका सदस्य जस्तै माया गर्छन् सुनुवार कामदारलाई ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रजछापको आगलागि, त्यहाँको व्यथा (भिडियो सहित) पुनस्थापना कोष निर्माण, सहयोगको अपिल

Next Post

कलिलैमा विवाह गर्छन् थामी (भिडियो सहित)

Next Post
कलिलैमा विवाह गर्छन् थामी  (भिडियो सहित)

कलिलैमा विवाह गर्छन् थामी (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.