Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कलिलैमा विवाह गर्छन् थामी (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
April 4, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
कलिलैमा विवाह गर्छन् थामी  (भिडियो सहित)
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। काखमा ३ वर्षको छोरा बोकेकी स्वस्तिमा थामी आफू २३ वर्ष भएको बताउँछिन् । देख्दा सानी देखिए पनि आफ्नो उमेरको बारेमा साँचो बोल्दिनन् उनि । बालबिबाहको बारेमा गाउँमा सुनेको हल्लाका कारण अचेल थामी समुदायमा बाल विवाह गर्नेहरू बाठो भै सके ।


दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. १ डडुवाको थामी बस्तीमा बालबिबाह गर्नेहरूको संख्या धेरै छ । पहिलेको तुलनामा केही कमी आए पनि बालबिबाह रोकिएको छैन ।
करकापले विवाह भएको हो भन्दा स्वस्तिमा मुसुक्क हाँस्छिन र भनिन्छ– होईन, हामीले त माया गरेर विवाह गरेका हौँ । हामीलाई एक अर्का मन पर्यो अनि विहे गर्यौँ ।
आफू ५ कक्षामा पढ्दा राजेन्द्र थामी सँग प्रेम बस्यो । राजेन्द्र ४ कक्षा पढेपछि छाडेर ज्याला मजदुरीमा लागि सकेका थिए । उनिहरूले कलिलै उमेरमा विवाह गरे र स्वस्तिमाले पनि छाडिदिए पढ्नलाई ।
पढ्न मन भए पनि घरको आर्थिक स्थितिका कारण पढाईलाई अगाडी बढाउन नसकेको स्वस्तिमा बताउँछिन् । उनि भन्छिन्– पढेर मात्र के गर्नु ? अर्काको घरमा गए पछि त्यसै कसले खान दिन्छन् र ? ज्याला मजदुरी गर्यो कमायो खायो । पढ्ने त समय नै हुँदैन ।
काखको छोरो प्रज्वललाई देखाउँदै स्वस्तिमा भन्छिन्– यो जन्मने बेला चाँही धेरै गाह्रो भएको थियो । धेरै व्यथा लागेको थियो । एम्बुलेन्समा मन्थली जाँदा जाँदै मन्थली नजिकै पुलमै बच्चा जन्मियो ।यो पुन्टे पुलमा जन्मिएको अपरेशन नगरि। खिस्स हाँसिन् उनि ।

१३ वर्षकै उमेरमा विवाह गरेकी बेली थामीको विवाह गरेको २ वर्ष भयो । उनि अहिले आमा बन्दैछिन् । स्वस्तिमा जस्तै बेली पनि आफ्नो उमेर ढाँट्छिन । उनी आफू १९ वर्ष पुगेको बताउँछिन् ।बेलीका ससुरा सामे थामी समेत आफ्नो बुहारीको उमेर १९ वर्ष पुगेको बताउँछन् ।

थामी समुदायमा भएको जनचेतनाका कारण बालबिबाह भै रहेको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान बताउँछन् ।उनि भन्छन्– हामीले प्रयास त गरिरहेकाछौँ । बालबिबाहले हुने हानी नोक्सानी र कानुनी दायरा समेत सम्झाएका छौँ। तर पनि बालबिवाह रोकिईसकेको भने छैन । बिरामी हुँदा समेत स्वास्थ्य चौकी नगएर धामीझाँक्री लगाउछन् थामी समुदायका नागरिकहरू ।
गाउँमा बालविवाहले जरा गाढेको छ । गाढिएको जरा उखेल्न त्यती सजिलो छैन । पहिलेको भन्दा बालविवाह गर्ने क्रम घट्दैछ  । केटाकेटीले मन पराएर बाबुआमाले मञ्जुरी दिए भने हाम्रो समाजले बालविवाहलाई मान्यता दिँदै आएको छ। थामी जातिमा १२ ÷१३ वर्षमा नै विवाह हुने गर्छ– रिमे थामी बताउँछन् ।
उसो स्वस्तीमा र बेली यहाँको प्रतिनिधि पात्र मात्र हुन् । यहाँ धेरै यस्ता पात्रहरू छन् जसको १३–१४ वर्षमा नै विवाह हुने गर्छ । सानै उमेरमा गर्भवती हुन्छन् र कैयौँले ज्यान समेत गुमाउन बाध्य हुन्छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

उस्सु बक्सिङ छाडेर बोएर पालन (भिडियो सहित)

Next Post

माथिल्लो तामाकोशी जलविद्युतको कारण लास जलाउनै कठिन

Next Post
माथिल्लो तामाकोशी जलविद्युतको कारण लास जलाउनै कठिन

माथिल्लो तामाकोशी जलविद्युतको कारण लास जलाउनै कठिन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.