उमाकुण्डमा अध्यक्षमा एमाले उपाध्यक्षमा कांग्रेस


रामेछाप । उमाकुण्डमा गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ । गाउँपालिका प्रमुखमा नेकपा एमालेको उम्म्मेदवार शेरबहादुर सुनुवार विजयी भएका छन् । शेरबहादुर सुनुवार निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । सुनुवार ३ हजार ७ सय २७ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसबाट सावित्री सुनुवार २ हजार ९ सय २२ मत ल्याएर निर्वाचित भएकी छन् ।

गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत ल्याएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार गंगादेवी कार्कीले २ हजार ८ सात ३४ मत ल्याएकी छन् ।

तपाईको प्रतिकृया दिनुहोस्