Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२ हजार ५ सय क्यूफिट खयरको काठ प्रशासनको नियन्त्रणमा

Kumar Shrestha by Kumar Shrestha
June 12, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
२ हजार ५ सय क्यूफिट खयरको काठ प्रशासनको नियन्त्रणमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर पठाउन लागिएको खयरको काठ जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ । अवैध भएको आशंकमा प्रशासनले २ हजार ५ सय क्यूफिट खयरको काठ नियन्त्रणमा लिएको हो ।
रामेछापको मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर पठाउन लागिएको खयरको काठ जिल्ला प्रशासन कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ । अवैध रुपमा निकासी हुन लागेको उजुरी परेपछि प्रशासनले काठ लोड गरिएको ५ वटा ट्रक नियन्त्रणमा लिएको हो । मन्थली नगरपालिका वडा नंं २ बाट ५ वटा ट्रकमा विरगञ्ज लैजान लागिएको २ हजार ५ सय क्यूफिट काठ नियन्त्रण लिएको छ । जिल्ला प्रशासन कार्यलय मार्फत काठ नियन्त्रणमा लिइएको र काठ लैजानको लागि पूरा गर्नुपर्ने प्रक्रिया पूरा भएपछि मात्रै छोड्न जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नावय उपरीक्षक राजकुमार थिङले बताए ।

मन्थली नगरपालिका वडा नं. २ का स्थानीयको निजी जमिनमा लगाएको खयरको काठ जिल्ला बन कार्यालय मार्फत आवश्यक प्रक्रिया पुरा गरेर बेच्च अनुमति दिए पनि सार्वजनिक जग्गामा रहेको काठ समेत काटेको भनि उजुरी परेको थियो । निजी जमिनमा मात्र काठ काटिएको हो वा सार्वजनिक जग्गाको पनि काटिएको छ भनि एकिन गरेर मात्रै नियन्त्रणमा लिइएको काठमा छोडिदिने मन्थली नगरपालिका वडा नं. २ वडा अध्यक्ष सुरेन्द्र कार्कीको भनाई छ ।
डिभीजन बन कार्यालय रामेछापले भने दुःख दिने नियतले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताएको छ । काठ कटान गर्नु पहिले नै आवश्यक प्रक्रिया पुरा गरेर कटान गरिएको र काठ लैजाने बेलामा दुःख दिने नियतले अमुक ब्यक्तिले उजुरी दिएको डिभीजन बन कार्यालयका डिभीजन बन अधिकृत रामकृष्ण केजी भनाई छ ।

निजी जमिनको रुख काट्ने नाउमा सार्वजनिक जग्गाको रुख कटान गरिएको भनि उजुरी परेपछि कटान गरिएको काठ सार्वजनिक जग्गाको भएको नभएको एकीन गर्न डिभीजन बन कार्यालय र नापी कार्यालयले कटान क्षेत्रमा कर्मचारी परिचालन गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जिससमा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बिजयी

Next Post

जिल्लाको सबै कार्यलयमा प्रभावकारी समन्वयको भूमिका निर्वाह गर्छु -समन्वय प्रमुख कार्की

Next Post
जिल्लाको सबै कार्यलयमा प्रभावकारी समन्वयको भूमिका निर्वाह गर्छु -समन्वय प्रमुख कार्की

जिल्लाको सबै कार्यलयमा प्रभावकारी समन्वयको भूमिका निर्वाह गर्छु -समन्वय प्रमुख कार्की

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.