दोरम्बा शैलुङ्गमा कर्मचारी अभाव हुँदा कार्यालयको काम प्रभावित


रामेछाप । जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कर्मचारी अभाव हुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ ।

स्थानिय तहको निर्वाचन पछि कार्यालयका प्रमुख प्रशासकिय अधिकृत र अन्य फाँटका कर्मचारीहरु सरुवा भएर अन्यत्र गएपछि उक्त कार्यालयमा कर्मचारीहरुको अभाव सिर्जना भएको हो ।

हाल उक्त कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत १ जना, प्रशासन तर्फ छैठौ अधिकृत १ जना, पाचौं अधिकृत २ जना, चौथो तहमा १ जना, प्राविधिक फाँट तर्फ प्राविधिक इन्जिनियर १ जना, सहायक इन्जिनियर १ जना र सव–इन्जिनियर ४ जनाको दरवन्दी रिक्त रहेको छ । त्यस्तै कृषि शाखा तर्फ कृषि सहायक ४ जना, पशु शाखा तर्फ पशु शाखा अधिकृत १ जना, पशु सहायक ४ जना र स्वास्थ्य शाखा तर्फ १ जनाको दरवन्दी रिक्त हुँदा सो कार्यालयमा हाल २१ जना कर्मचारीको दरवन्दी रिक्त रहेको छ ।

कार्यालयमा कर्मचारी अभाव हुँदा कार्यालयले दैनिक नागरिकहरुलाई प्रदान गर्नुपर्ने सेवामा समस्या भएको दोरम्वा शैलुङ्ग गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेश कुमार महतोले जानकारी दिए ।

तपाईको प्रतिकृया दिनुहोस्