रामेछाप । रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
कारागारमा रहेका कैदीबन्दी, कार्यरत कर्मचारी र कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको पनि निःशुल्क आँखा परीक्षण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका सिनियर आँखा स्वास्थ्य कार्यकर्ता पुस्कल घिमिरेले बताए ।
उनका अनुसार असार १४ र १५ गते गरिएको परीक्षणमा कैदी बन्दीको आँखा चिलाउने, आँखा पाक्ने, मोतियाबिन्दु, जलबिन्दु र आँखामा मासु पलाउने जस्ता समस्या देखिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, कारागार कार्यालय रामेछाप र रामेछाप सहयोगी मनहरु (रासम) को संयुक्त आयोजनामा गरिएको आँखा परीक्षणका लागि आवश्यक सहयोग हिमालयन मोतियाबिन्दु प्रोजेक्टले गरेको थियो ।
कारागार कार्यालय रामेछापका प्रमुख रामकृष्ण घिमिरेले कैद भूक्तान पछि उनीहरुलाई समाजमा समायोजन हुन र आयआर्जनको लागि सिपमुलक तालिम आवश्यक भएको भन्दै यसका लागि प्रशिक्षक र औजार उपकरण आवश्यक रहेको बताउँदै अब तालिम र तालिम पश्चात औजार उपलब्ध गराईदिन सम्बन्धित निकायसँग अनुरोध पनि गरिएको उनले बताए ।