काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को एक नम्बर वरीयताक्रममा अशोक राईलाई राखिएको छ। उनी जसपाका संघीय परिषद् अध्यक्ष हुन्।
योभन्दा पहिला संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई थिए। उनले पार्टी छोडेपछि राईलाई संघीय परिषद् अध्यक्ष बनाइएको छ। केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले पार्टी पहिलो वरीयताक्रममा राई रहेको बताए।
हालै वीरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले राई परिषद् अध्यक्ष बनाएको थियो। पार्टी कार्यकारी अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयताक्रममा छन्। पार्टीको तेस्रो वरीयताक्रममा राजेन्द्र श्रेष्ठलाई राखिएको छ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिमा २२ सदस्य छन्। नेपाली अक्षरको वर्णाक्रमअनुसार अरूलाई राखिएको अधिकारी जानकारी दिए।यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।