Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शिक्षकको दुर्ब्यवहार पछि बिद्यार्थी आन्दोलित

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
मन्थली मा वि.मा काण्डै काण्ड, काण्डमा मुछिने मन्थली नगरका कर्मचारी पनि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यामिक विद्यालयका एक शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । मन्थली माविको सीटीईभीटी अन्तर्गतको विज्ञान विषय अध्यापन गराउने शिक्षक लोकबहादुर विष्टले सो विद्यालयमा अध्ययनरत एक छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
दोषी शिक्षकलाई कडा कारबाहीको माग गर्दै उनीहरुले शुक्रबार विद्यालयमा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले कक्षा कोठाका केही डेक्स बेञ्च समेत तोडफोड गरेका छन । विद्यालय समयमा विद्यालय परिसर भित्रै ती शिक्षकले बिहीबार तीन वर्षे सब ओभरसियरको प्रथम वर्षमा अध्ययनरत छात्रलाई गलत नियतले हातपात गरेको विद्यार्थीको आरोप छ । ती शिक्षकले यस अघि पनि सामाजिक सञ्जाल मार्फत विद्यार्थीलाई गाली गलौज र दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालय प्रशासनमा उजुरी गरेपछि पीडित पक्ष, विद्यार्थी संगठन समेतलाई राखी गराइएको छलफलमा शिक्षकले गल्ति स्विकार गर्दै माफि मागेका थिए । उनले माफी मागि गल्ति स्विकारेपछि पीडित छात्राका अभिभावकले माफी दिएका थिए ।

यस्ता कृयाकलापमा संम्लग्न उनै शिक्षकबाट फेरी घटना दोहोरिएपछि विद्यार्थीहरु कुनै हालतमा पनि माफी दिन नहुने बताएका छन् । ती शिक्षकलाई विद्यालयबाट हटाउनु पर्ने माग विद्यार्थीको रहेको छ । विद्यार्थीहरु आन्दोलित भएपछि शिक्षक विष्ट फरार भएका छन ।

करार सेवामा नियुक्ति पाएका ती शिक्षकको गतिविधिको बारेमा थाहा पाउनसाथ आफूले फोन गर्दा फोन नउठाएको र उनी बस्ने कोठा समेत ताला लगाएको अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताए । उनको खोजीको लागि प्रहरीलाई विद्यालयले अनुरोध गरिसकेको उनले बताए ।
उनले विद्यालयमा पढाउने नैतिक हैसियत गुमाइ सकेकोले आइतवार नै ब्यवस्थापन समितिको बैठक राखेर उनलाई निलम्बन गर्ने तयारी भैरहेको प्रअ दाहालले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जीर्ण बन्दै कर्णाली पुल

Next Post

बाढीको त्रासले कैलालीको सयौँ बिघा जमिन बाँझै

Next Post
बाढीको त्रासले कैलालीको  सयौँ बिघा जमिन बाँझै

बाढीको त्रासले कैलालीको सयौँ बिघा जमिन बाँझै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.