Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गोविन्दराज जोशीको घोषणा

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गोविन्दराज जोशीको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । जोशीले ‘काँग्रेस स्वतन्त्र अभियान’ मार्फत तनहुँ १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने बताए ।

तनहुँ १ बाट काँग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । गत निर्वाचनमा जोशीले बागी उम्मेदवारी दिएपछि पार्टीले उनलाई निष्कासन गरेको थियो ।

जोशीले काँग्रेसले पाखा पारेका सबै नेता(कार्यकर्तालाई ‘काँग्रेस स्वतन्त्र अभियान’ मार्फत उम्मेदवारी दिन आह्वान समेत गरेका छन् । सत्ता गठबन्धनको विरोध गर्दै उनले काँग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले काँग्रेस सिध्याउन खोजेको आरोप लगाए । ‘पाँच पार्टीको गठबन्धन र एउटै घोषणापत्र बन्ने होला, चुनाव चिह्न एउटैमा लड्ने होलान्,’ जोशीले भने, ‘काँग्रेस अब काँग्रेस रहेन ।’

उनले आगामी चुनाव जित्नेमा ढुक्क रहेकोसमेत बताए । गत स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयर पदमा जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । तर उनी काँग्रेसका वैकुण्ठ नाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जापानको हिरोसिमामा प्रचण्ड

Next Post

आजबाट काठमाडौंमा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान शुरु

Next Post
आजबाट काठमाडौंमा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान शुरु

आजबाट काठमाडौंमा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान शुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.