Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पश्चिम सेती आयोजना अघि बढाउन लगानी बोर्ड र एनएचपीसीबीच सहमति

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
पश्चिम सेती आयोजना अघि बढाउन लगानी बोर्ड र एनएचपीसीबीच सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मर्स्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको बिस्तृत अध्ययन गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताए।

उनले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको मन्त्रिपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको उनको भनाइ छ।

उनले भने, ‘हामी पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गरेका छौँ। यो सहमतिपत्र गर्ने भन्ने बोर्डले निर्णय गरेको छ। अपर मर्स्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओई गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो। माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ।’

त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डीपीआर लगायतका विभिन्न कामहरु गर्ने निर्णय गरेको छ।

सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसको लागि अवधारणापत्र स्वीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्डले काम थाल्ने बारेमा पनि छलफल भएको बताए।

उनले भने, ‘तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डीपीआर लगायतका विभिन्न कामहरु गर्नेछ। प्रक्रिया अघि बढाउनेछ। सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेका छौँ। त्यसको लागि अवधारणापत्र स्वीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्ड अघि जाने भन्ने छ।’

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

Next Post

बर्ड फ्लू प्रभावित किसानलाई राहत दिने बाटो खुल्यो, क्षतिको ७५ प्रतिशत रकम पाइने

Next Post
बर्ड फ्लू प्रभावित किसानलाई राहत दिने बाटो खुल्यो, क्षतिको ७५ प्रतिशत रकम पाइने

बर्ड फ्लू प्रभावित किसानलाई राहत दिने बाटो खुल्यो, क्षतिको ७५ प्रतिशत रकम पाइने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.