Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले बागमतीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने भएको छ ।

प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले प्रदेशभित्रका सबै जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी ब्यक्तिहरुको खोजी तथा पहिचान गरि उनीहरूको सम्मानका लागी जिल्ला स्तरमा अग्रज सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले बुद्धिजिवीहरूको पनि कुरा सुन्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गते काठमाडौंमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजिवीका कुरा सुन्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्तौलाले एक विज्ञप्ति जारी गर्दै बुद्धिजीवीहरुको आँखामा नेकपा एमाले विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा उनीहरूको एमालेप्रतिको आलोचना, सुझाव र टिप्पणी संकलन गरिने जानकारी दिए ।

बैठकले प्रदेश लेखा समिति गठन गर्ने निर्णय समेत गरेको छ । प्रचार विभाग प्रमुख बर्तौलाका अनुसार बैठकले बागमती प्रदेश जनसंगठनहरुको बैचारिक, राजनीतिक तथा संगठनात्मक कामलाई ब्यबस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश जनसंगठन समन्वय सम्यन्त्रको बैठक तत्काल बैठक तत्काल बोलाएर कार्ययोजना निर्णमा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विधान बमोजिम प्रदेशका विभागहरूलाई पूर्णता दिएको छ । त्यस्तै बैठकले प्रदेश सल्लाहकार परिषद निर्माणको लागि तीन दिन भित्र प्रदेश अन्तर्गतका सबै जिल्लाहरुलाइ सल्लाहकार परिषदमा समेट्नु पर्ने नेताहरूको नामावली दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गठबन्धन सरकारको प्रत्यक्ष संलग्नतामा आकाशिदो महङी, भ्रष्टाचार, कमिसनतन्त्र र माफियाकरणको विरुद्ध सम्पुर्ण जिल्ला र पालिका तहसम्म दबाब खबरदारीसहितको आन्दोलन गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गरेका १० जनालाइ मनोनित गरेको छ । मनोनित हुनेहरूमा श्रीधर पोखरेल, सुमित्रा राजबम्सी, अच्युत श्रेष्ठ, खेम भट्ट, गोपाल जि गुप्ता, मनरत्न शाक्य, सीता ढकाल, भुवन केसी, देबेन्द्र खत्री र सुरेश राना रहेका छन ।

बैठकमा एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी र सहइन्चार्जहरू कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र आनन्द पोखरेल पनि उपस्थित रहेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बर्ड फ्लू प्रभावित किसानलाई राहत दिने बाटो खुल्यो, क्षतिको ७५ प्रतिशत रकम पाइने

Next Post

‘बन्चरेडाँडा जाने सडक आयोजनाको कारण रोकिएको छैन’

Next Post
‘बन्चरेडाँडा जाने सडक आयोजनाको कारण रोकिएको छैन’

'बन्चरेडाँडा जाने सडक आयोजनाको कारण रोकिएको छैन'

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.