Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देशभरका विमानस्थल क्षेत्रमा धूम्रपान निषेध

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
देशभरका विमानस्थल क्षेत्रमा धूम्रपान निषेध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

भरतपुर विमानस्थलमा ई(सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो ।

प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरूलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत कुनै पनि प्रकारका वस्तु (ई–सिगरेट) समेतको प्रयोग गरी धूम्रपान गर्न पूर्ण निषेध लगाएको जानकारी गराएको हो ।

यस्ता गतिविधिको अब विमानस्थल प्रशासनले नियमित अनुगमन गर्नुपर्नेछ । विमानस्थल क्षेत्र भित्र खटिने सरोकारवाला र सर्वसाधारणलाई चेतानामुलक प्रचार–प्रसार सामग्री प्रदर्शनको व्यवस्था गर्न प्राधिकरणले सबै कार्यालयलाई सूचित गरेको छ ।

यसअघि २९ असारमा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज भित्रै एक जना यात्रुले चुरोट सल्काएपछि पक्राउ परेका थिए । विमान भित्र प्रज्वलनशील पदार्थको निषेध यसअघि पनि थियो । प्राधिकरणले अब विमानस्थल क्षेत्र मै सुर्ती तथा चुरोट सेवन निषेध गरेको हो ।

यस्तै प्राधिकरणले विमानस्थल क्षेत्र भित्र धूम्रपान निषेध गरिएको सम्बन्धमा आफ्ना सबै कर्मचारीलाई अनिवार्य तालिम दिन समेत भनेको छ । सबै कम्पनीहरूलाई प्राधिकरणले धूम्रपान निषेध भएको पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

प्राधिकरणले हवाई सुरक्षा र खतराजन्य वस्तुको प्रयोग गर्न नहुने सम्बन्धी तालीम दिन र त्यसमा ई–सिगरेट समेत समावेश गर्न निर्देशन दिएको हो । यस्तो प्रावधान हेलिकप्टर र ठूला सबै वायुसेवा कम्पनीले मान्नु पर्नेछ ।

ककपिटमा चालकदलका सदस्यबाहेक अरूलाई प्रवेश गराए कारबाही गरिने समेत प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले वायुयान चालक कक्षमा अनाधिकृत व्यक्तिको प्रवेश समेत निषेध भएको भन्दै त्यसो नगर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

नागरिक उड्डयन सुरक्षा नियमावलीले वायुयान चालक कक्ष भित्र अनधिकृत व्यक्तिलाई प्रवेश गराउन नहुने व्यवस्था गरेको भन्दै यसलाई कडाइका साथ पालना गर्न समेत वायुसेवा कम्पनीहरूलाई सचेत गराएको थियो । प्राधिकरणको हवाई सुरक्षा विभागले यस्ता विकृतिविरुद्ध अनुगमन समेत गर्ने गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘बन्चरेडाँडा जाने सडक आयोजनाको कारण रोकिएको छैन’

Next Post

संघीय चुनावका लागि आज दल दर्ता गर्दै एमाले

Next Post
भारतीय नक्सा प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

संघीय चुनावका लागि आज दल दर्ता गर्दै एमाले

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.