Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने 

जनता भ्वाइस by जनता भ्वाइस
August 11, 2022
in समाचार
0
बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु गरिएको सडक कालोपत्रे काम अहिलेसम्म सम्पन्न गर्न चासो दिइएको छ्र्रैन । समयमै सम्पन्न नहुँदा वर्षातको समयमा यात्रा गर्न असहज भएको छ । 

हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जिप चालक तिलक धामीले बताए । उनले भने, ‘कालोपत्रे भए एक घण्टाभित्रै पुगिनेमा अहिले करिब चार घण्टा लाग्छ । एक दुईपटक आवतजावत गर्दा गाडीका पाटपुर्जाहरू खराब हुन्छन् । करिब दर्जन ठाउँमा पहिरो गइरहन्छ । सडक गुणस्तरीय नभएकाले भाडासमेत बढी लिनुपर्ने बाध्यता छ ।’

जय पृथ्वी राजमार्गको ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटर सडक कालोपत्रे गर्न कामको अधुरै रहेको हो । ‘तीन वर्षअघि काम सुरु गरेको ठेकेदारका मान्छे वर्षमा एक महिना मात्रै सडकमा देखिन्छन् । काम भएको छैन । स्थानीय मजदुरलाई काम गराएको पैसा दिएको छैन । हाम्रो ठाउँमा विकास हुने भन्दै सामुदायिक वनबाट गिट्टी बालुवा निःशुल्क प्रयोग गर्न दिने निर्णयसमेत गरेर ठेकेदारलाई सहयोग ग¥यौँ । तर, ठेकेदारको अत्तोपत्तो छैन,’ ढोल्यामोडका शैलेन्द्र धानुकले भने ।

यात्रुहरूले अहिले ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटरको भाडा ५०० रुपैयाँ तिर्नु परिरहेको छ । वर्षा नभएको समयमा बस सञ्चालन हुने यस सडकमा वर्षामा ४ ह्वील ड्राइभ जिप मात्रै चलिरहेकाछन् । पानी परेको दिन भने ठाउँठाउँमा पहिरो जाने भएकाले पहिरो पन्छाउन जिपसँगै डोजर दौडाउनुपर्ने अवस्था छ । 

वर्षातको समयमा पहिरो जाने ठाउँका लागि एउटा डोजर भाडामा लिएर सडकमै खडा राखेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले बताए । 

उनले भने, ‘ठेकेदारको लापरबाहीले सडकको हालत बिग्रिएको हो । ठेकेदार सम्पर्कमा समेत छैनन् । किन अलपत्र छाडेको हो केही बुझ्न सकिएको छैन । अहिले गाडीको पछिपछि डोजर दौडाउनुपर्ने बाध्यता छ ।’

कालोपत्रेको काम सुरु गरेर अधुरो छाडेको ठेकेदारले केही ठाउँमा नाली निर्माण र केही ठाउँमा पर्खाल लगाएर छाडेको छ । तर, ठाउँठाउँमा पहिरो खस्ने भएकाले पहिरोमा दैनिक गाडीहरू फस्ने गरेकाछन् । 

ढोल्यामोड–पुर्चौडी सडक कालोपत्रे गर्न ग्वाल्लेक निर्माण सेवाले ठेक्का पाएकोमा निर्माण व्यवसायी दानसिंह रावललाई पेटी ठेकेदार (सब कन्डक्टर)को रुपमा काम दिइएको हो । रावलले वर्षातका कारण काम अवरुद्ध भएको बताए । 

उनले भने, ‘अहिले वर्षातमा काम अवरुद्ध छ । बर्षापछि काम गर्नेछौँ । मेसिनहरू सम्बन्धित् ठाउँमै छन् । आगामी असार मसान्तसम्मको म्याद छ, समयामै काम सक्छौँ ।’ सब कन्डक्टरमार्फत काम गराइरहेका ग्वाल्लेक निर्माण सेवाका सञ्चालक सुरेश चन्दले काम केही दिनमै अघि बढ्ने बताए । 

यता पूर्वाधार विकास कार्यालयले भने उक्त सडकका ठेकेदारले अन्यत्र पनि काम गरिरहेकाले काम अवरुद्ध भएको जनाएको छ । कार्यालयका प्राविधिक नरेश भुलले भने, ‘त्यही ठेकेदारले हाम्रै कार्यालयको काम मेलौलीमा पनि गरिरहेकाले उताको काम सकेपछि पुर्चौडीमा काम गर्नुहुन्छ ।’ १७ करोडको लागतमा केही कामहरू सम्पन्न भइसकेको भुलले बताए । 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

Next Post

साउदीअरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

Next Post
साउदीअरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

साउदीअरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...