Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गुफा बस्छन् आध्यात्मिक ज्ञान आर्जन गर्न धामीझाँक्री

जनता भ्वाइस by जनता भ्वाइस
August 12, 2022
in समाचार
0
गुफा बस्छन् आध्यात्मिक ज्ञान आर्जन गर्न धामीझाँक्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेह्रथुम । जनैपूर्णिमा तेह्रथुमको छथर गाउँपालिकाका धामीझाँक्रीहरूको लागि महान पर्व हो । उनीहरू नाग पञ्चमीदेखि धामी घरघरमा थान लगाएर १० दिनसम्म निरन्तर चिन्ता बस्ने गर्ने गरेका छन् । १० दिनको रात आध्यात्मिक ज्ञान आर्जनका लागि विभिन्न देवस्थलहरुमा गुफा बस्न जाने गरेका छन् । 

यहाँका धामीहरू विषेश गरी मार्गपोखरीमा गुफा बस्ने र ज्ञान लिन गरेको धामी कान्छाबहादुर लिम्बुले बताए । उनी भन्छन्, ‘हामी १० दिनसम्म घरघरमा चिन्ता बस्छौँ । १० दिनको रात गुफा बस्न जाने गुफा बस्न जान्छौँ, नजाने गुरुकोमा जाने गर्छाैँ र पूर्णिमाको दिन शुक्रबार बजारमा रहेको रत्नदेवी मन्दिरमा आएर पूजा गर्छाैँ ।’ 

उनले आफ्ना धेरै चेलाहरूलाई ज्ञान आर्जन गर्न गुफा बसाउन लैजाने गरेका छन् ।  खासगरी भर्खर उत्रिँदै गरेका धामीहरू ज्ञान आर्जनका लागि गुफा बस्ने गर्छन् । सबैले मान्ने गुरुले आफ्ना चेलाहरूलाई आध्यत्मिक ज्ञान आर्जनका लागि गुफा बसाउन लाने गर्छन् । पूर्णिमाको अघिल्लो दिन रात गाउँका सबै धामीहरू भेला भएर गुफा तथा गुरुकोमा पुग्ने गरेका छन् । गुफा बस्न छथरको मार्गपोखरी लगायत विभिन्न देवस्थलहरूमा पुग्ने गरेका छन् । 

 पूर्णिमाको दिन गुफाबाट फर्किएपछि बजारको वरिपरि नाँच्दै घर फर्किने गरेका स्थानीयहरूले बताउने गरेका छन् । तेह्रथुमको छथर शुक्रबारेमा भदौरे पूर्णिमा (जनैपूर्णिमा)को मुख्य आकर्षण नै धामीझाँक्रीको कला प्रर्दशन हो ।

धामीझाँक्रीहरूको मौलिक कलालाई संरक्षण,सम्वर्द्धन तथा प्रोत्साहन गर्न रत्नदेवी युवा सेवा समाज छथर शुक्रबारेले विगतका वर्षदेखि सम्मान कार्यक्रम गर्दै आएको छ । विभिन्न टाउँबाट आएका धामीहरूलाई बजारमा कार्यक्रमका साथ सम्मान रुपमा नगद प्रदान गर्दै आएको समाजका अध्यक्ष अनिल आंखेवाले बताए ।

‘हामीले मौलिक कला,संस्कृतिलाई प्रवर्द्धन, संरक्षण तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ विगतका वर्षदेखि धामीहरूलाई सम्मान गर्दै आएका छौँ र यस वर्ष पनि गरेका हौँ । हाम्रो सानो सम्मानले धामीहरूलाई प्रोत्साहन पुग्छ भन्ने विश्वास छ,’  उनले भने ।

तेह्रथुम, धनकुटा र पाँचथर लगायतका जिल्लाका धामीहरू भदौरे पूर्णिमा आउने गर्छन । 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

साउदीअरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

Next Post

समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री

Next Post
मजदुर वर्गका लागि आर्थिक प्याकेज ल्याउन कांग्रेसको आग्रह

समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.