Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकार भट्ट र श्रेष्ठ सम्मानित

समिता थापा by समिता थापा
May 24, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
पत्रकार भट्ट र श्रेष्ठ सम्मानित
437
SHARES
2.1k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २३औँ स्थापना दिवसका अवसरमा रामेछापका दुइ पत्रकारलाई सम्मान गरेको छ । उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कार–२०७९ बाट पत्रकार नवराज श्रेष्ठलाई र ‘खोज पत्रकारिता वर्ष पुरस्कार-२०७९’ बाट पत्रकार टिकाप्रसाद भट्टलाई सम्मान गरेको फोनिज रामेछापले सम्मान गरेको हो ।

फोनिज रामेछापले विगत ४ वर्षदेखि उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कारबाट एक पत्रकारलाई सम्मानित गर्दै आएकोमा यो वर्ष बाट ‘खोज पत्रकारिता वर्ष पुरस्कार समेत प्रदान गरेको छ ।

फोनिज रामेछापले नगद रु. १० हजार, दोसल्ला र प्रमाणपत्र सहित उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता पुरस्कार–२०७९ बाट श्रेष्ठलाई सम्मान गरेको हो । सम्मानित भएका श्रेष्ठ रेडियो इनर्जी १०६.२ मेघाहर्ज मन्थलीका समाचार प्रमुख हुन् भने प्रेस चौतारी नेपाल रामेछापको अध्यक्ष, ग्यालेक्सी फोरके टेलिभिजनका जिल्ला प्रतिनिधी एवं गोरखापत्र दैनिकका जिल्ला रिपोर्टर समेत हुन् ।

यसैगरी आदिवासी जनजातिको मुद्दालाई समाचार मार्फत उजागर गरेको भन्दै खोजपत्रकारीता पुरस्कार २०७९ बाट टिका प्रसाद भट्ट सम्मानित भएका छन् । फोनिज रामेछापले नेपाल रामेछाप जिल्लामा रहि पत्रकारिता गर्ने उत्कष्ट खोजपत्रकारलाई दिईने पुरस्कार २०७९ बाट भट्टलाई नगद ५ हजार सहित दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरेको हो ।
फोनिज जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार मन्थलीमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा फोनिजका बाग्मति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा र मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन ।
कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघका बाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा, मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेत, नेपाल पत्रकार महासंघका बाग्मती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, जनजाति महासंघ जिल्ला सचिव श्रीवहादुर माझी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी, प्रेस चौतारी नेपालका रामेछाप इन्चार्ज युनिक विफा घिसिङ, सम्मानित पत्रकाहरु टीका प्रसाद भट्ट र नबराज श्रेष्ठले पत्रकारीताको क्षेत्रबाट जिल्लाको विकास निर्माण र सामाजिक मुद्धाहरुलाई निष्पक्ष ढंगले उठाउनु पर्नेमा जोड दिएका थिए । समाजका सकरात्मक र नकरात्मक कुरालाई पत्रकारहरुले समान आँखाले हेर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा पत्रकार सुमित श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरुको विविध पक्ष समेटेर कार्यपत्र प्रश्तुत गरेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्त्रीले गरे सभापतिको उम्मेद्वार घोषणा

Next Post

लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

Next Post
लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.