Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको प्रदेश सभा ‘ख’ बाट खड्काको दावी

Kumar Shrestha by Kumar Shrestha
September 2, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रामेछापको प्रदेश सभा ‘ख’ बाट खड्काको दावी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मंसिर ४ गते हुने निर्वाचनमा रामेछापबाट आफ्नो दावी रहेको कांग्रेस नेत्री बिनिता खड्काले बताएकी छिन् । रामेछाप प्रदेश सभा ‘ख’ बाट आफ्नो दावी रहने खड्काले बताएकी हुन्  ।  खड्काले भनिन् – मैले बिद्यार्थी राजनितिक देखी आज सम्म समाज परिवर्तनमा बिभिन्न भुमिका निर्वाह गर्दै आएकोछु । जिल्लाको सबै नागरिक संग मेरो प्रत्यक्ष भेटघाट छ सबै नगरिकले विश्वास गरेका छन् युवा र महिलाहरुले आशा गरेका छन् त्यसकारण पनि मेरो उमेरदवारी पार्टीमा दावी रहनु स्वभाभिक हो ।

विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएकी खड्का अहिले रामेछापको राजनीतिमा सक्रिय महिला नेतृको रुपमा परिचित छिन् । सानै उमेरमा राजनीतिमा सक्रिय रुपमा देखिएकै परिणाम हुन सक्छ खड्काले कांग्रेसको १३ औँ महाधिवेशनमा सबै भन्दा सानो उमेरमा रामेछापबाट महाधिवेशन प्रतिनिधि बन्ने मौका पाइन् ।

१९ वर्षकै उमेरमा महाधिवेशन प्रतिनिधि जितेकी खड्कालाई २०७४ सालमा स्थानीय तहको निर्वाचनमा सुनापती गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट उम्मेद्वार बन्ने मौका त मिल्यो तर पनी संगठनको कारण पराजय भोग्नु पर्यो । कांग्रेस रामेछापका नेता पिता भुवन खड्का र काका बद्री खड्काको प्रेरणाबाट विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएकी खड्काले १४ औँ जिल्ला अधिवेशनबाट महिला तर्फ सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनिन् ।

अघिल्लै महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्न खोज्दा क्रियाशील सदस्यताको समयावधि नपुगेकाले उम्मेद्वार बन्नबाट खड्का बन्चित बनिन् । खड्का जिल्ला तथा जिल्ला बाहिर समाजसेवीको रुपमा समेत परिचित छिन् । खड्काले राजनीतिसँगै समाजिक तथा समाजसेवामा समेत राम्रो पहिचान बनाएकी छन् । नेतृ खड्काले गृहजिल्ला रामेछापका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोषाक वितरण गरेर शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्दै आएकी छन भने अन्य जिल्लाहरुमा समेत सामाजिक कार्यमा पहिचान बनाएकी छन् ।

राजनितिक संलग्नता

– २०६६ देखि नेविसंघमा आबद्ध खड्काको नेविसंघमा लामो समय काम गरेको अनुभव छ भने सानोठिमि क्याम्पसका नेविसघंको कार्यबाहक सभापति समेत रहेर काम गरेको अनुभव छ ।

– पार्टीको १२ औँ महाधिवेशनबाट सक्रिय क्रियाशील  सदस्य भई पार्टीमा निरन्तर काम गर्दै आईरहेकी छन् ।

– खड्का २०७४ सालको स्थानिय चुनावमा सुनापती गाउँपालिकाबाट उपाध्यक्षको उमेरद्धार समेत भैसकेकी छन् ।

– रामेछाप जिल्ला महिला समन्वय समितिको उपाध्यक्ष भइ काम गरेको अनुभव खड्का सँग छ ।

–  पार्टिको १३ औँ महाधिवेशनमा रामेछापबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि बनि सकेकिछिन् ।

– १४ औ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि भइई केन्द्रिय सदस्यको उमेरद्वारी दिईसकेकी छिन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts

Previous Post

सानिमा लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्रमा बिमा साक्षरता कक्षा सम्पन्न

Next Post

कक्षा १२ को नतिजा सार्वजनिक

Next Post
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

सल्लाहकार               : शेरबहादुर तामाङ्ग
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.