रामेछाप । सत्ता गठवन्धनका उमेदवदारलाइ आउदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदमा विजयी गराउनका लागि गठवन्धनले संयुक्त प्रचार प्रचार अभियान चलाउने भएको छ ।
उक्त अभियान सोमबार ( आश्विन ३१ ) देखि चिसापानी देखि शुरु हुदैछ । नेपाली काँग्रेस प्रदेश ख का सभापति राजेशकुमार श्रेष्ठका अनुसार चिसापानीबाट प्रदेशसभा १(ख) का उमेदावार माओवादी केन्द्रका नेता युवराज चौलागाई सहित थालिने अभियानमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका जिल्ला, प्रदेश र पालिका स्तरका नेताहरुको सहभागिता हुनेछ ।
घर दैलो , टोल भेला गर्दै चुनावी अभियान कात्तिक ९ गते भटौली आउने छ । कात्तिक १० र ११ गते दिपावलीका लाई विश्राम लिने अभियान त्यसपछि खाँडादेवि र मन्थली नगरपालिकामा केन्द्रीत हुनेछ ।
प्रतिनिधि सभा सदस्य पदका उमेदवार काँग्रेस नेता कान्छाराम तामाङ सहितको माओवादी केन्द्रका प्रदेश सभा १ (क) का उमेदवार तारानाराण श्रेष्ठ सहितका नेता कार्यकर्ताहरु सहभागि हुने उक्त अभियान प्रदेश क तर्फको प्रचार अभियानमा हुनेछ । ख प्रदेशका लागि कान्छाराम सहितको टोलीले फेरी घर दैलो अभियान संचालन गर्ने जनाइएको छ ।