Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मौन अवधिमा गाउँपालिका अध्यक्षले मागे कर्मचारी र मतदातालाई सुर्यमा भोट

दिनेश श्रेष्ठ by दिनेश श्रेष्ठ
December 18, 2022
in जनता स्पेसल, समाचार
0
मौन अवधिमा गाउँपालिका अध्यक्षले मागे कर्मचारी र मतदातालाई सुर्यमा भोट
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । निर्वाचनको मौन अवधि (स्थिर समय) मा खाँडादेवी गाउँपालिकाका अध्यक्षले गाउँपालिको पेजबाट भिडियो सन्देश मार्फत सुर्य चिन्ह देखाउँदै भोट मागेका छन् ।

निर्वाचन आयोगले गएराती १२ बजे देखि मौन अवधि सुरु हुने बताएको भएपनि खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञन कुमार श्रेष्ठले शुक्रबार बिहान सुर्य उदाउदै छ भन्दै एमालेलाई भोट माग्ने आसयको भिडियो सन्देश पोष्ट गरेका छन् ।

उनले भिडियो सन्देशको सुरुमा नै मौसम परिवर्तनको कुरा गर्दै पुर्वबाट सुर्य उदाउँदै छ भनेर कुरा सुरु गरेका छन् । त्यसपछि उनले गाउँपालिकामा आउने कर्मचारीलाई समेत प्रलोभनमा पार्ने आसयले खाँडादेवीमा आउने कर्मचारीलाई खानपानको व्यवस्था, बासको व्यवस्था र सुरक्षाको व्यवस्था गाउँपालिकाले मिलाउने कर्तव्य पालिकाको हुने भनेका छन् ।

तर, निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचन आयोगबाट निर्वाचन अवधि भरीको लागि आवश्यक पर्ने भत्ता र सुरक्षाको व्यवस्था गरेको हुन्छ । भिडियोमा उनले हामीले बिगत देखि सडक, शिक्षा, कृषि लगायतका काम गरिरहेको बताउदै त्यसको निरन्तरताको लागि मत दिन मतदातालाई अनुरोध गरेका छन् । तर, जनप्रतिनिधिले आफ्नो गाउँपालिकामा कुनै पनि प्रकारले मत माग्न नपाउने निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ ।

उनले मौन अवधि सुरु भएको समयमा समेत आचार संहितालाई पनि उल्लघंन गरेर मतदातालाई प्रलोभन हुने गरी भिडियो सन्देश पोष्ट गरेका छन् । उनले बिहिबार रामेछाप नगरपालिकामा सरकारी गाडीको दुरुपयोग गर्दै भोट माग्न हिडेको भन्दै प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो ।

निर्वाचनको मौन अवधिमा गरिएको यस्तो कार्य कानुन विपरित हुने भएकाले यस विषयमा आज दिउँसो बैठक बसेर कानुनी प्रक्रियामा जाने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी मधुकर कुमार साहले बताए ।

Author

  • दिनेश श्रेष्ठ
    दिनेश श्रेष्ठ

    View all posts
Previous Post

मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत थापा पक्राउ

Next Post

रामेछाको मतगणना आज बेलुकी ९ः३० बजे देखि मात्रै हुने

Next Post

रामेछाको मतगणना आज बेलुकी ९ः३० बजे देखि मात्रै हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.