रामेछाप । एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा आइतबार मतगणना सम्पन्न भएको छ । जसमा लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेरद्वार नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पुर्ण बहादुर तामाङ कान्छाराम बिजयी भएकाछन् । उनले एमालेका उम्मेद्वार एवम बाग्मती प्रदेश पुर्व आर्थिक मामिला मन्त्री कैलाश प्रसाद ढुंगेललाई १६ हजार ३ सय ६९ मतको अन्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत पाएका छन् भने प्रतिद्वन्दी ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका छन् ।
त्यसैगरी प्रदेश सभा ‘क’ मा लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेरद्वार एव नेकपा माओवादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठ बिजय भएका छन् । सत्तागठबन्धनका साझा उम्मेरद्वार श्रेष्ठले नेकपा एमालेका उम्मेरद्वार शान्तिप्रसाद पौडेललाई १ हजार ९ सय ९१ मतले हराउदै विजय भएका हुन् । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्दा पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गरेका थिए ।
प्रदेश सभा ख मा पनि लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेरद्वार एव नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका युबराज चौलागाई बिजय भएका छन् । चौलागाईले नेकपा एमालेका उम्मेरद्वार मिलनकुमार घिसिङलाई ४ हजार ७ सय ७३ मतले हराउदै विजय भएका हुन् । चौलागाईले २२ हजार ९ सय ७८ मत प्राप्त गर्दा घिसिङले १८ हजार २ सय ५ मत प्राप्त गरेका थिए ।