Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको विकासका लागि एकताको विकल्प छैन- सांसद कान्छाराम

नारायण थापा by नारायण थापा
March 2, 2023
in जनता स्पेसल, समाचार
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नागरिकको भावना र चाहाना अनुसार रामेछाप जिल्लाको विकासका लागि सबैको एकताको विकल्प नभएको सङ्घीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेलामा बोल्दै सांसद तामाङले जिल्लाको विकासका लागि एकताबद्ध हुन आह्वान समेत गरे । मुलुकमा सरकार सञ्चालनका लागि जे जस्ता गठबन्धन बने पनि रामेछाप जिल्लाको विकासका लागि जिल्लाका सबै राजनीतिक शक्ति तथा अन्य निकाय एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
सङ्घीय सांसद कान्छारामले फोनिजको खोज पत्रकारिता पुरस्कार कोष स्थापना गर्न नगद ५१ हजार सहयोग गर्ने बताएका छन् । फोनिजका जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको जिल्ला भेलामा बोल्दै कोष स्थापना गर्न स्वर्गीय बुबा शेरबहादुर तामाङको नाम बाट सहयोग गर्ने बताएका हुन् ।

त्यस्तै गरि बागमती प्रदेशका प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले पत्रकारिता पेशालाई स्वछ र मर्यादित बनाउन फोनिज लागि पर्नु पर्ने बताएका छन् । पत्रकारिता पेशा सहज नभएको भन्दै पत्रकारितामा लाग्दा सामाजिक भावनाले लागिपर्नु पर्ने बताए । पत्रकारले हरेक आन्दोलनमा महत्व पुर्ण भुमिका खेलेकोले पत्रकारिताको विकासको लागी आफु लागि पर्ने बताए । फोनिज र पत्रकारीता क्षेत्रको समग्र विकासको लागी के गर्न पर्छ आफु तयार रहेको बताएका छन् ।
त्यस्तै गरि मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले फोनिजको संस्थागत विकासका लागी नगरपालिका सकारात्मक रहेको भन्दै आवश्यक सहयोग गर्ने बताएका छन् । त्यस्तै गरि फोनिज बागमती प्रदेश अध्यक्ष युबराज श्रेष्ठले रामेछाप फोनिजको संस्थागत विकासको लागी आफु सधै सकारात्मक रहेको भन्दै जनजातिको कला संस्कार र संस्कृतिको विषयमा पनि फोनिज लागी पर्नु पर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापती लेखबहादुर कार्की, नेकपा एमालेका उपसचिब प्रकाश कुमार कार्की, पत्रकार महासंघ बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष बद्रि नयाँघरे, पुर्व अध्यक्षहरु नवराज प्रर्थिक, हिमाल ढुङ्गेल, टिका प्रसाद भट्ट,फोनिज रामेछापका पुर्व जिल्ला अध्यक्षहरु युनिक विफा घिसिङ, सुमित श्रेष्ठ, नवराज श्रेष्ठ, लगाएत पेशागत संगठनका प्रमुखहरुले आफ्ना भनाई राखेका थिए ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

मन्त्रीपरिषद बैठकः जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

Next Post

हाईड्रोपावरको दादागिरी स्थानिय सरकारका लागि सह्य हुँदैन : पालिका अध्यक्ष सुनुवार

Next Post
हाईड्रोपावरको दादागिरी स्थानिय सरकारका लागि सह्य हुँदैन : पालिका अध्यक्ष सुनुवार

हाईड्रोपावरको दादागिरी स्थानिय सरकारका लागि सह्य हुँदैन : पालिका अध्यक्ष सुनुवार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.