रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले हाईड्रोपावरको दादागिरी स्थानिय सरकारका लागि सह्य नहुने बताएका छन् ।
जिल्लाको उमाकुण्ड गाउँपालिकाले पालिका भित्र भए गरेका विकास निर्माण लगाएत विभिन्न कामको बारेमा जानकारी दिने क्रममा अध्यक्ष सुनुवारले सम्बृद्ध पालिका र सुःखि नागरिकको लागि पालिका भित्रका हाईड्रोपावरको दादागिरी बाधक रहेको बताउदै उक्त कार्य स्थानिय सरकारको लागी सह्य नहुने बताएका हुन् ।
अध्यक्ष सुनुवारले पछिल्लो उदाहरणका रुपमा एक हप्ता अघि ‘दुगड् हाइड्रो पावरमा घटेको घटनाले पीडित पक्षको मात्र नभएर सिङ्गो पालिकालाईनै मर्माहत बनाएको बताए । दुगडको लापरबाहिले एक जना मज्दुरको ज्यान जानुका साथै २८ दिने शिशुसहितको परिवार विचल्लीमा परेको भन्दै ‘दुगड् हाइड्रो’ पावरको काम प्रति आक्रोश व्यक्त गरे ।
उनले भने ‘दुगड् हाइड्रो’ पावरको मात्र नभएर पालिकामा संचालित अन्य हाईड्रोपावरले पनि स्थानियहरुलाई पेलेर काम गरेको बताए। उनिहरुले स्थानिय प्रशासन र सर्बदलिय सहमतिका आधारमा गरेको लिखित प्रतिबद्धता पनि पुरा नगरि आफ्नो स्वार्थ अनुकुल काम गरेको भन्दै उनिहरुको दादागिरी स्थानिय सरकारका लागि पनि सह्य नहुने बताए ।
रामेछाप र सोलुखुम्बुको सीमा भएर बहने लिखु नदीमा निर्माणाधीन र निर्माण सम्पन्न भएका नौ जलविद्युत आयोजना रहेका र उनिहरु कसैले पनि आफनो प्रतिबद्धता अनुसार काम नगर्दा स्थानियहरु मर्कामा परेको पनि अध्यक्ष सुनुवारले बताए ।
केहि दिन अघि मात्र गाउँपालिकाको मध्यमार्गी सडक अन्र्तगतको ४ करोड रुपियाँको ठेक्का संझौता हुनु पालिकाका लागि पनि गर्वको विषय भएको भन्दै उक्त योजनाका लागि पालिकाले काम हेर्नका लागि छुट्टै अनुगमन समिति बनाइएको बताए । गाउँपालिकाले स्थानिय हरुका मागमा आधारमा सडक पूर्वाधार विकासका काममा जोड दिंदै आएको पनि सो अबसरमा जानकारी गराईएको थियो ।
त्यस्तै सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने सुनिश्चितता भइसकेको जानकारी पनि सनुवारले गराएका थिए ।