रामेछाप । संयुक्त व्यवसायि हरुको समावेसी समुहको उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष पदका उमेद्वार नविन थापा मगरले व्ययवसायीहरूको समस्या सुल्झाउनको लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन । चैत्र २७ गते हुने निर्वाचनमा आफ्नो प्यानललाई मतदान गर्न थापा मगरले आग्रह गरेका छन ।
संयुक्त व्यवसायि हरुको समावेसी समुहका अध्यक्षका उम्मेरदवार थापामगरले ५ पटक उपाध्यक्ष र दुइपटक सदस्य पदमा रहेर उद्योग बाणिज्य संघमा आफुले काम गरिसकेको बताएका छन् । लामो समय सम्म आफुले बिभिन्न पदमा रहेर काम गरिसकेको भन्दै अब अध्यक्षको रुपमा रहेर व्यवसायिको पक्षमा काम गर्ने अवसर आएको बताएका छन् ।
व्यवसायिको पक्षमा लामो समय देखी काम गरेको भए पनि कार्यन्वयन गर्ने स्थानमा आफु नहुदा कतिपय काम गर्न नसकिएको उनको भनाई छ । आफु लगाएत आफ्नो संयुक्त व्यवसायि हरुको समावेसी समुह निर्वाचित भए रामेछापका व्यवसायिले झेल्दै आएको समस्या समाधान गर्न आफु लागी पर्ने बताएका छन् । आफ्नो समुहमा सबै क्षेत्र र समुहका व्यवसायिहरु समावेश भएको भन्दै सबै क्षेत्रको व्यवसायिहरुको हितको लागी काम गर्न सहज हुने बताएका छन् ।
संयुक्त व्यवसायीहरुको समुहका उम्मेरद्वारहरु
१,अध्यक्ष : नविन थापामगर
२, वरिष्ठ उपाध्यक्ष : प्रकाश कुमार श्रेष्ठ
३, उपाध्यक्ष (वाणिज्य):राम सुदिश साह
४, उपाध्यक्ष (उद्योग): आकाश रिजाल
५, महासचिब: कुमार श्रेष्ठ
६, सचिब : यज्ञ प्रसाद सुवेदी
७, कोषध्यक्ष: झनक बहादुर बुढाथोकी(उत्तम)
८, आजिवन सदस्य: प्रमोद कुमार श्रेष्ठ
९, महिला सदस्य: जया सुवेदी
१०, खुल्ला सदस्य: अर्बिन कुमार श्रेष्ठ
११, खुल्ला सदस्य : बासुदेव फुयाल
१२, खुल्ला सदस्य :राजु श्रेष्ठ(विजय)
१३, खुल्ला सदस्य : श्याम कुमार श्रेष्ठ
१४, खुल्ला सदस्य : हरेराम क्षेत्री