Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

५५ किलोमिटर लामो सुनापति-शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथनमा कुलुङ प्रथम

Kumar Shrestha by Kumar Shrestha
March 18, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
५५ किलोमिटर लामो सुनापति-शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथनमा कुलुङ प्रथम
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सुनापति–शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । शनिबार भएको ५५ किलोमिटर लामो म्याराथन ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरी कुलुङ प्रथम भएका हुन् ।

प्रतियोगितामा वेदबहादुर सुनुवारले दोस्रो स्थान हासिल गरे । उनले उक्त दुरी ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । त्यसैगरी धावक दुर्गाराज बुद्धले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा उक्त दुरी पूरा गरेर तृतीय स्थान हासिल गरेका थिए ।

सुनापतिबाट बिहान ७ बजे सुरु भएको प्रतियोगिताका धावकहरु सुनापति डाँडा, खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभीर गुफा, छांगा, घलेडाँडा हुँदै शैलुङ पुगेका थिए ।

यसैगरी २५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तराष्ट्रियअल्ट्रा म्याराथन भने मोहन देव जोशीले जितेका छन् । जोशीले उक्त दुरी ३ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । उक्त म्याथनमा देवराज महतराले ३ घण्टा १० मिनेट १० सेकेन्डमा उक्त दुरी पूरा गरेका थिए भने तृतीय स्थान होमलाल श्रेष्ठले हासिल गरेका थिए । उनले उक्त दुरी ३ घण्टा १४ मिनेट ५ सेकेण्डमा पूरा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्‌ले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले शुभारम्भ गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको ४५ औं शृङ्खला सम्पन्न

Next Post

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

Next Post
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.