Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्वाचित

Kumar Shrestha by Kumar Shrestha
April 8, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्वाचित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्वाचित भएका छन् ।
नेपाल पूर्व प्रहरी संगठनको मन्थलीमा सम्पन्न चौथो जिल्लाअधिवेशनले मन्थली–१ का कुमार खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निविरोध रुपमा चयन गरेको हो ।
यसरी निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिब केशर बहादुर श्रेष्ठ, सह सचिवमा क्षेत्र बहादुर बुढाथोकी, कोषाध्यक्षमा ढाकल थापा, सह कोषाध्यक्षमा यादव कुमार खड्का रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश सूर्य नेपाली, रत्न थापा, कृष्ण बहादुर रानामगर, हेम बहादुर बरुवाल, पदम बहादुर श्रेष्ठ, मनमान नेपाली, भूपाल थापा, रामजी के शी, सिताराम खड्का लगाएतका रहेका छन् । बिधान अनुसार क्षेत्रगत र समावेसीका आधारमा ५ जना सदस्यहरु भने पछि मनोनित गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष खत्रीले बताए ।

संगठनका निवर्तमान अध्यक्ष शरद लामाको अध्यक्षता एबं प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि पराजुलीले भूतपुर्व प्रहरीहरुले प्रहरी सेवामा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुको थप बृत्ति विकास, हक अधिकार एबं सुबिधाको लागि पनि संगठनको आबश्यकता पर्ने बताए ।
उनले भने – “सत्य सेवा सुरक्षणम् ,भन्ने प्रहरीको मूल मर्मलाई आत्मसाथ गर्दै नेपाल प्रहरीको मुलधारमा रहेर काम गरीसकेका भुपु प्रहरीहरुका लागि अहिले पनि सरकारले प्राथमिकता दिन सकेको छैन ।”

कार्यक्रमका अध्यक्ष लामाले सबै भूपु प्रहरीहरुका लागि संगठनको आबश्यकता रहेको बताए । उनले भूपु प्रहरीहरुलाई एकतामानै बल छ भन्ने कुरालाई आत्मसाथ गर्दै सबैलाई संगठित भएर अघि बढ्न आग्रह गरे ।
उनले भने – “भूपु सैनिकहरुले जस्तै प्रहरीले पनि भुपुका नाउमा राज्य वाट पाउने विभिन्न सेवाहरु पाउनुपर्ने र त्यसका लागि नयाँ बन्ने नेतृत्वले सबैलाई समेटेर प्रभावकारी ढंगवाट काम गर्नु पर्दछ । ” कार्यक्रममा जिल्ला भरीका गरी १ सय भन्दा बढि भुपु प्रहरीहरुको सहभागिता रहेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

७२ वर्षमा भक्तमाया बनिन नेपाली नागरिक

Next Post

डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

Next Post
डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

डढेलो फैलिन थालेपछि बस्ती जोखिममा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.