Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

७२ वर्षमा भक्तमाया बनिन नेपाली नागरिक

Kumar Shrestha by Kumar Shrestha
April 8, 2023
in जनता स्पेसल, समाचार
0
७२ वर्षमा भक्तमाया बनिन नेपाली नागरिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कुमार श्रेष्ठ ।
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं. ४ का भक्तमाया ७२ वर्षको उमेरमा नेपाली नागरिक बनेकी छिन । ७२ वर्ष लामो जीन्दगी हिमगंगाको माटोमा बिताईसकेकी उनले नेपाली नागरिकता लिएकी थिईनन । भक्तमायालाई प्रमुख जिल्ला अधिकारी अनिता निरौला नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता दिए पछि उनि आधिकारिक नेपाली नागरिक बनेकी हुन ।
भक्तमायाले जीवनका ७२ वसन्त एक्लो जीवन काटेकी छिन । परिवारको नाममा एक बहिनि र भाई छन । भाई पनि अशक्त छन, अशक्त भाई भक्तमायालाई छाडेर छुट्टिएर बसेका छन । भक्तमाया र उनकी बहिनि मैया सँगै बस्दै आएका छन । उनको भागमा परेको थोरै खेतले केहि महिना खान त पुग्छ तर त्यसपछिका दिनमा उनकी बहिनिले बोनीबुत्तो गरेर छाक टार्दै आएकी छिन । आर्थिक अवस्था कमजोर भएका भक्तमाया एक पटक लगाएको लुगा नच्यात्ति फुकाल्दिनन । आफू वा पारिवारिक सदस्य टाठोबाठो भै दिएको भए ६० वर्षकै उमेरबाट सामाजिक सुरक्षाभत्ता लिन पाउँथिन उनले । त्यही थोरै रकम हुँदा पनि नुन भुटुनको जोहो गर्न सहजता हुने थियो उनलाई ।


जिल्ला प्रशासन कर्यालय रामेछापले शनिवारका दिन पारेर फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई घरमै पुगेर नागरिकता दियो । ७२ वर्षकी सुनुवारको यस अघि पनि नागरिकता बनाउन प्रयास गरिएपनि अन्य मानिससँग नजिक नपर्ने, मोबाइल र क्यामेरा देख्ने वित्तिकै भाग्ने भएकाले फोटो खिच्न नसक्दा सुनुवारको यस अघि नागरिकता बनाउन नसकिएको रामेछाप नगरपालिका–५ का वडा सदस्य सरोज कुमार श्रेष्ठले बताए । उनका अनुसार – ‘परिवारका सदस्य बाहेकका व्यक्तिसँग नजिक नपर्ने र मोबाइल तथा क्यामेरा देखेपछि भाग्ने भएकाले भक्तमायाको फोटा खिच्न मात्र १ वर्ष लाग्यो ।’
भक्तमायाको परिवारका सबै सदस्यहरु सुस्त मनस्थित छन । विपन्न परिवारका भएकाले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिएका छैनन भक्तमायाले । सामाजिक सुरक्षा भत्ता दिलाउने उद्देश्यले यसअघि नागरिकता बनाउन धेरै प्रयास गरिए पनि बनाउन नसकिएको रामेछाप नगरपालिकाका नगर उपप्रमुख लवश्री न्यौपाने बताउँछन । न्यौपाने भन्छन– यस अघिका जनप्रतिनिधिहरूले पनि उनको नागरिकता बनाउन ताकेता भएको थियो । अहिले प्रमुख जिल्ला अधिकारी सहितको टोली आएर घरमै नागरिकता प्रदान गरिएको छ।


हिमगंगा, रामेछाप नगरपालिकाको कर्णाली भन्दा खासै फरक पर्दैन। त्यहाँ पुग्ने बाटोहरू अझै पनि गतिला छैनन । माझी र सुनुवारको नागरिकता नबन्दा उनीहरु सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा सुविधाबाट बञ्चित भएका थिए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली घरमै पुगेर नागरिकता प्रदान गरिएपछि भक्तमायाकी बहिनी मैया सुनुवारले खुसी व्यक्त गरिन् ।
यातायातको सहज पहुँच नहुदा उनीहरुलाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबारको दिन पारी घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् । अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई सहज सेवा प्रदान गर्नु राज्यको दायित्व भएकाले फरक क्षमता भएका व्यक्ति र ७२ वर्षीय वृद्धालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ निरौलाले बताइन् । जिल्लाका अन्य पालिका तथा वडाहरुमा अशक्त तथा आपाङ्गता भएका व्यक्ति भए, घरमै गएर सेवा प्रदान गर्ने बताउँदै त्यस्ता व्यक्ति बारे जानकारी दिन पनि अनुरोध गरिन् ।
लामो प्रयासपछि फरक क्षमता भएका नगरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता दिलाउन सफल भएको रामेछाप नगरपालिका उपप्रमुख बालकुमारी कार्कीले बताइन् । कार्कीले भनिन– हामीले पहिले देखि नै नागरिकता दिलाउन प्रयास गरेका थियौ । आज सफल भयौँ । नागरिकता प्राप्त गरेका माझी र सुनुवारलाई सामाजिक सुरक्षा भत्ता दिलाउन तत्कालै प्रक्रिया अघि बढाउछौँ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप सॅास्कृतिक कलाकार समाजले नयाँवर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

Next Post

भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्वाचित

Next Post
भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्वाचित

भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्वाचित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...