Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप रेडक्रसको लुट, ३ सय पर्ने अक्सिजनलाई १ हजार

Kumar Shrestha by Kumar Shrestha
May 6, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
रामेछाप रेडक्रसको लुट, ३ सय पर्ने अक्सिजनलाई १ हजार
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। नेपाल रेडक्रस सोसाईटी रामेछापले ३ सय पर्ने अक्सिजनलाई १ हजार लिएको पाईएको छ । सेवामूलक सँस्थाबाट नै आफू ठगिएको नाम नबताउने सर्तमा एक बिरामीका आफन्तले बताएका छन् ।

रेडक्रस रामेछापका महामन्त्री दुर्गाबहादुर श्रेष्ठ अक्सिजन अन्तै बाट किनेकोले १ हजार परेको बताउँछन् । उनि भन्छन्- हामीले अक्सिजन दिने होईन, हामीले त एम्बुलेन्स मात्र दिने हो । अक्सिजन बिरामीकै आफन्तले उपलब्ध गराउनु पर्छ । हामीले अन्तैबाट अक्सिजन किनेको हौँ । जतिमा किन्यौँ उति लियौँ ।

बिरामीका आफन्त आफैले अक्सिजन खरिद गर्दा पनि सेवाग्राही निकै ठगिएको पाईएको छ । सानो प्रोटेबल अक्सिजन भर्दा साधारणतया २ सय पचास देखि ३ सय सम्म लिने गरेको पाईन्छ । तर रेडक्रस रामेछापले भने १ हजार लिएको पाईएको छ ।

नेपाल रेडक्रस सोसाईटी रामेछापले आफू सँग सुबिधा सम्पन्न एम्बुलेन्स भएको बताउँदै आएको छ। तर सो सुबिधा सम्पन्न एम्बुलेन्समा  अक्सिजननै पाँईदैन । २०७९ साल जेठमा  रेडक्रस रामेछापले जिल्लामै पहिलो पटक पुर्व अस्पताल सहितको अत्याधुनिक एम्बुलेन्स सेवा संचालन गर्ने दावी गरेको थियो । केन्द्रिय कार्यालयले रामेछाप रेडक्रसका लागि पुर्व अस्पताल सुविधा सहितको एम्बुलेन्स उपलब्ध गराएपछि जिल्लाले उक्त सेवा सहितको एम्बुलेन्स सेवा संचालनमा ल्याएको थियो । उक्त एम्बुलेन्स भित्र एक जना स्वास्थकर्मि, विरामीका लागि आवश्यक औषधि र अक्सिजन सहितको सेवा रेडक्रसले उपलब्ध गराउने समेत भनिएको थियो ।

अमेरिकन रेडक्रसको सहयोगमा केन्द्रिय कार्यालयले २०७९ सालको जेठमा रामेछापलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

रेडक्रसले अक्सिजनमा लिएको बढि मुल्य बारे जिल्ला प्रशासन कार्यालयले पनि चासो देखाएको छ । रेडक्रस सँग छलफल गरि सेवाग्राहीलाई सुपथ मुल्यमा  अक्सिजन उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताईन । निरौलाले भनिन- सेवाग्राहीलाई ठग्न पाँईदैन, यदि अक्सिजन भरेको ३ सय पर्छ भने यहाँ सम्म ल्याएको भाडा जोडेर रेडक्रसले अक्सिजन दिनु पर्छ । हामी छिट्टै छलफर गरेर मुल्य निर्धारण गर्छौँ ।

यता रेडक्रस रामेछापले एम्बुलेन्स भाडामा समेत सेवाग्राहीलाई ठग्दै आएको छ । सामान्यतया मन्थली देखि काठमांडौको एम्बुलेन्सको भाडादर ७ हजार छ तर रेडक्रस रामेछापले भने ९ हजार भाडा लिँदै आएको पाईएको छ । नागरिकलाई सेवा दिनका लागि स्थापना गरिएको रेडक्रस जस्तो सेवा दिने संस्थालाई रामेछाप रेडक्रसले कमाई खाने भाँडो बनाउँदै गएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्राविधिकलाई घुस दिन छुट्याईयो ८ हजार

Next Post

दोरम्बा शैलुङ गाउँपालिकाको बदमासी, सार्वजनिक खरिद ऐन मिचेर सेवा प्रदायक संस्था छनौट

Next Post
दोरम्बा शैलुङ गाउँपालिकाको बदमासी, सार्वजनिक खरिद ऐन मिचेर सेवा प्रदायक संस्था छनौट

दोरम्बा शैलुङ गाउँपालिकाको बदमासी, सार्वजनिक खरिद ऐन मिचेर सेवा प्रदायक संस्था छनौट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.