Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्राविधिकलाई घुस दिन छुट्याईयो ८ हजार

Kumar Shrestha by Kumar Shrestha
May 12, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
प्राविधिकलाई घुस दिन छुट्याईयो  ८ हजार
7.9k
SHARES
78.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।मन्थली नगरपालिका वडा नं. ७ भटौलीको सहरी स्वास्थ्य केन्द्र मानेडाँडामा निर्माण गरिएको शौचालयको प्राविधिक अनुगमनमा खटिएका प्राविधिकलाई घुस दिएको सहरी स्वास्थ्य केन्द्र मानेडाँडाको शौचालय निर्माण समितिक अध्यक्ष नरबहादुर तामाङले बताएका छन ।

स्थानिय शिक्षक गुणराज तामाङको हातमा ८ हजार रुपैया सव.इन्जिनियर कृष्णदास श्रेष्ठलाई घुस दिन भनेर योजनाबाट भूक्तानी आएको रकम पठाएको तमाङले बताएका छन । तामाङ भन्छन – ‘हामीले प्राविधिकलाई दिन भनेर ८ हजार छुट्याएको हो, त्यो ८ हजार मैले गुणराज सरलाई दिएको छु।’

यता कालिका देवि निमाविका शिक्षक गुणराज तामाङ आफूले सम्पूर्ण बिल भर्पाई मिलाई दिएको तर पैसा नलिएको बताउँछन । तमाङ भन्छन्- ‘उपभोक्ता समितिलाई बिल भर्पाई मिलाउने तरिका थाहा नभएकोले मैले बिल भर्पाई मिलाई दिएको हो । तर कसैलाई दिन भनेर मैले पैसा लिएको होईन । ढलानको दिन मासु खुवाउन र अपुग सिमेन्ट किन्न चाँहि पैसा लिएको हो ।’

प्राविधिक अनुगमनमा खटिएका सव.इन्जिनियर कृष्णदास श्रेष्ठ पनि आफूले कुनै रकम नलिएको बताउँछन । श्रेष्ठ भन्छन्-त्यो मुला २ लाख ३ लाखको योजनामा म त्यस्तो गर्ने मान्छे होईन। मैले यो योजनाबाट एक पैसा पनि लिएको छैन । यहाँ सरासर मलाई बेईजत गर्ने काम भएको हो ।’
यो विषयमा आफूलाई कुनै जानकारी नभएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाई बताउछन् । उनि भन्छन् – मलाई यो विषयमा कुनै जानकार छैन। तपाईलाई कसले भन्यो? हामीलाई कुनै उजुरी निवेदन आएको छैन । उजुरी आए छानबिन गर्छौँ ।
यो योजनाका लागि मन्थली नगरपालिकाले २ लाख रुपैया बजेट बिनियोजन गरेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ चयन

Next Post

रामेछाप रेडक्रसको लुट, ३ सय पर्ने अक्सिजनलाई १ हजार

Next Post
रामेछाप रेडक्रसको लुट, ३ सय पर्ने अक्सिजनलाई १ हजार

रामेछाप रेडक्रसको लुट, ३ सय पर्ने अक्सिजनलाई १ हजार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.