Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ज्योतिलाई पूर्व विद्यार्थीको सहयोग

Kumar Shrestha by Kumar Shrestha
May 11, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
ज्योतिलाई पूर्व विद्यार्थीको सहयोग
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। मन्थली नगरपालिका–१ मन्थली बजारमा बसोबास गर्दे आएकी २२ वर्षीय किशोरी ज्योति बुढाथोकीलाई मन्थली माद्यामिक विद्यालयका (२०५५) सालको एस.एल.सी ब्याचका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन् । विगत १५ वर्ष देखि धुलिखेल अस्पतालमा उपचार गराउँदै आएकी शारीरिक रूपमा अपाङ्ग समेत रहेकी ज्योतिको परिवारलाई आर्थिक अभावमा उपचारमा समस्या परेको थाहा पाएपछि पूर्व विद्यार्थीहरूले उनका पिता ध्रुव बुढाथोकी मार्फत २० हजार ५ सय रुपैयाँ उपलब्ध गराएका हुन् ।

उनीहरूले एक अनौपचारिक कार्यक्रमका बिच मङ्गलवार उनका पिता ध्रुव बुढाथोकीलाई सङ्कलित रकम हस्तान्तरण गर्दै आयोजक पूर्व विद्यार्थीका अगुवा तीर्थ सुवेदीले गम्भीर प्रकृतिको रोगबाट पीडित उनको उपचार गराउन समेत समस्यामा परेको अवस्थालाई मध्यनजर गरेर मानवीय हिसाबले आफूहरूबाट सङ्कलन गरेको उक्त रकम ज्योतिका पिता ध्रुव बुढाथोकीलाई प्रदान गरिएको बताए । उनले रकम हस्तान्तरण गर्दै पूर्व विद्यार्थीहरूले आफूहरू पीडित परिवारका अन्य छोराछोरीको पठनपाठनको निम्ति सहयोग गर्न पनि लागि पर्ने प्रतिबद्धता जनाए ।

ओखलढुङ्गा जिल्ला घर भएका बुढाथोकीको परिवार लामो समयदेखि सदरमुकाम मन्थलीमा घडी पसल सञ्चालन गरेर बसोबास गर्दै आएका छन् । चिकित्सकको सल्लाहमा बुढाथोकीको बायाँ खुट्टा रोगकै कारण काटिएको र हाल धुलिखेल अस्पतालमा आवासीय रूपमा उपचार भइरहेको छ ।

उनलाई चिकित्सा क्षेत्रमा अति नै दुर्लभ मानिने ‘सिस्टेमिक स्क्लेरोसिस’ भन्ने घातक रोग लागेको बताइएको छ । सो रोगबाट १७ वर्षअघि उनको बी एन्ड बी अस्पतालमा खुट्टाको औँला काटिएको थियो ।

जेठी सन्तान रूपमा रहेकी छोरीको घुँडामुनिको भाग काटेर फालेको र उपचारका क्रममा हाल सम्म डेढ करोड भन्दा माथि खर्च भई सकेको पनि बुढाथोकीले बताए । डाक्टरले उपचार लाग्छ तर जीवनभर औषधि गर्नु पर्छ भनेको ले त्यसका लागि उनले सबैबाट सहयोगका लागि आग्रह पनि गरे ।’

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

दोरम्बा शैलुङ गाउँपालिकाको बदमासी, सार्वजनिक खरिद ऐन मिचेर सेवा प्रदायक संस्था छनौट

Next Post

६६ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भए मोहनबहादुर

Next Post
६६ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भए मोहनबहादुर

६६ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भए मोहनबहादुर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.