Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

६६ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भए मोहनबहादुर

Kumar Shrestha by Kumar Shrestha
May 14, 2023
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
६६ वर्षको उमेरमा कक्षा ७ मा भर्ना भए मोहनबहादुर
987
SHARES
3.8k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । शिक्षा हासिल गर्ने इच्छालाई कसैले पनि रोक्न सक्दैन। लिखुतामाकोशी गाउँपालिका बिजुलिकोटका ६६ वर्षीय मोहनबहादुर महतको इच्छालाई पनि न उनको उमेरले रोक्न सक्यो न परिस्थितिले । वृद्धावस्थामा पनि कक्षा ७ मा भर्ना भएर महतले शिक्षा हासिल गर्ने इच्छालाई जोशिलो बनाए ।


अचेल मोहनबहादुर महत र उनकी श्रीमती रामकुमारी कार्की महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडी सँगै उनिहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन् । सामान्य किराना पसल तथा कृषि पेशाले जीवनको गुजारा गर्दै आएका मोहनबहादुरलाई यतिबेला पढ्न जाने जोश बढेको छ ।ईसिडिमा पढ्ने र कक्षा २ मा पढ्ने सानी छोरीहरूलाई डोहोर्याउँदै लिखुतामाकोशी गाउँपालिका वडा नं. ४ बिजुलिकोटमा रहेको भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानी पुग्छन महत दम्पती ।

कक्षा कोठामा रामकुमारी कार्की महत

मोहनबहादुर र रामकुमारी जस्तै जानुका महत र बैकुण्ठ महतका दम्पती र धनबहादुर र प्रमिला महतका दम्पती पनि सँग सँगै विद्यालय जान्छन् । बालापनमा विविध कारण पढ्न नसकेको गुनासो पोख्छन् मोहनबहादुर । उनि भन्छन् – पढ्न त धेरै मन थियो बालखा हुँदा तर पढ्न सकिएन । अब यो उमेर भए पनि पढ्न मन लाग्यो । पढाई विना केहि नहुने रहेछ भनेर यो उमेरमा बुझियो ।
महत दम्पती जस्तै महिला स्वयमसेविकाहरू पनि विद्यालयमा भर्ना भएका छन् । नेपाल सरकारले महिला स्वयमसेविकाको शैक्षिक योग्यता कक्षा ८ पास अनिवार्य गरे सँगै महिला स्वयमसेविका जानुका महत र पार्वती महत पनि विद्यालय भर्ना भएका हुन् । सँधै सानो छोरो लिएर विद्यालय आउने र दिनभरि छोरो कुरेर बस्ने निर्मला तामाङ पनि छोरो पढ्ने विद्यालयमै भर्ना भए ।

मोहनबहादुर महतका कान्छि छोरी


महत दम्पती जस्तै अरु पनि विद्यालय भर्ना भएको भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानीका प्रधानाध्यापक केवलबहादुर तिमल्सेना बताउँछन् ।उनका अनुसार अन्य १२ जना विद्यालयमा भर्ना भएका छन । बढ्दो उमेरमा पनि आफ्नो बालबच्चा सँगै पढ्न भर्ना भएका अभिभावकहरूको जोश देखेर प्रधानाध्यापक तिमल्सेना पनि मख्ख छन् । तिमल्सेनाका अनुसार, ६६ वर्षिय मोहनबहादुर बस्नेत कक्षा ७ मा भर्ना भएका छन भने ५० वर्षकी उनकी श्रिमती रामकुमारी महत कक्षा ३ मा भर्ना भएकी छिन् ।
विद्यालयमा पढ्न ४१ वर्षकी जानुका महत कक्षा ३ मा, ४१ वर्षकै प्रमिला महत कक्षा, ४५ वर्षकी मिथुला महत कक्षा ७ मा, ४० वर्षकी पार्वती महत कक्षा ७ मा, ४५ वर्षका धनबहादुर महत कक्षा ८ मा, ४४ वर्षका बैकुन्ठ महत कक्षा ८ मा, ३२ वर्षकी लोकुमाया श्रेष्ठ ७ मा, २८ वर्षकी निर्मला तामाङ कक्षा ९ मा र ४४ वर्षकी सुकुमाया महत कक्षा ७ मा भर्ना भएका छन् ।
भृङ्गेश्वर माध्यमिक विद्यालय धारापानीको भर्ना अभियानका कारण आफू केहि हद सम्म सफल भएको प्राधानाध्यापक तिमल्सेना बताउँछन् । विद्यार्थीका आमाबाबु नै विद्यालयमा पढ्न आउँदा विद्यार्थी व्यवस्थापनमा सहज हुने समेत तिमल्सेना बताउँछन् । उनि भन्छन – अभिभावक नै विद्यार्थी बनेर आए पछि पढाइको गुणस्तरको समेत निग्रानी हुनाले विद्यालयको पढाईको नजिता अब्बबल आउँनुका साथै विद्यालय व्यवस्थापन समितिमा पनि पढेबुझेका अभिभावक आउनाले शैक्षिक सुधारमा उल्लेखनिय योगदान पुग्ने देखिन्छ ।
पढ्ने उमेरलाई उमेरले र विधि पद्धतिले नछेक्ने कुरा लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत बताउँछन् । उनि भन्छन् – बृद्धा अवस्थामा समेत पठनपाठनका लागि विद्यालय भर्ना हुनु भएकाहरूलाई पालिकाले स्वागत गर्छ । यो बिद्यालय भर्ना चर्चाका लागि मात्रै नभई पढ्नकै लागि होस ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

ज्योतिलाई पूर्व विद्यार्थीको सहयोग

Next Post

एन.एम.वि बैकको खाताबाटै हरायो तरकारी बेचेको पैसा

Next Post
एन.एम.वि बैकको खाताबाटै हरायो तरकारी बेचेको पैसा

एन.एम.वि बैकको खाताबाटै हरायो तरकारी बेचेको पैसा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...