Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

“घुमफिर वर्ष २०७९/८० सफल पारौँ” भन्ने मूल नाराका साथ सुरु भयो पत्रकारहरूको भ्रमण

Kumar Shrestha by Kumar Shrestha
May 17, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
“घुमफिर वर्ष २०७९/८० सफल पारौँ” भन्ने मूल नाराका साथ सुरु भयो पत्रकारहरूको भ्रमण
107
SHARES
529
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट । बागमती प्रदेशको पर्यटन क्षेत्रको प्रचारका लागि पत्रकारहरूको भ्रमण सुरु भएको छ । पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेशले पत्रकार महासंघ बागमती प्रदेश सँगको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।  “घुमफिर वर्ष २०७९/८० सफल पारौँ” भन्ने मूल नाराका साथ भ्रमण कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ ।

भ्रमणको पहिलो दिनको अवसरमा टोलीले चित्लाङको पर्यटन व्यवसायीहरू सँग भेटघाट गरेको छ । कार्यक्रमका अवसरमा मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित चित्लाङमा पर्यटन प्रवर्द्धनका लागि भए गरेका प्रयासहरूको बारेमा र आगामी दिनमा गर्नु पर्ने कार्यक्रमका बारेमा अन्तरक्रिया गरिएको थियो । 

नेपालमै पहिलो पटक बाख्राको दूध बाट चिज उत्पादन चित्लाङमै गरिएको भए पनि यसको थप प्रवर्द्धन गर्न राज्य बाट कुनै सहयोग नभएको चिज उत्पादक अशोक सिं ठकुरी ले गुनासो गरे ।  

चित्लाङलाई  महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना हुँदा पनि सरकारले पर्याप्त सहयोग नगरेकोले अहिले सम्म यो ठाउँ ओझेलमा परेको पर्यटन व्यवसायीहरूले बताएका थिए ।  

अन्तरक्रियात्मक कार्यक्रममा मन्त्रालयको तर्फबाट सहभागीहरूले  यस ठाउँको थप पर्यटन प्रवर्द्धनमा आ आफ्नो क्षेत्र वाट सहयोग गर्ने प्रतिबद्धता जनाए । 

टोलीमा मन्त्रालयको तर्फबाट अधिकृतहरू, किशोर सापकोटा र रमेश पौडेल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा सहितका पत्रकारहरू गरी २५ जनाको सहभागिता रहेको छ । टोलीले मकवानपुर, नुवाकोट, धादिङ र रसुवा जिल्लाका विभिन्न पर्यटन क्षेत्रको अवलोकन गरी प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।   

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पूर्व सांसद आङटावा शेर्पालाई दुई दिन थुनामा राख्न अनुमति

Next Post

चट्याङले रामेछाप प्रशासनको उपकरणमा क्षति, सेवा अझै अवरुद्ध

Next Post
पठनपाठन सुरु गर्ने विषयमा विद्यालयहरु अन्यौलमा, सरकारको निर्देशिका पालन गर्न कठिनाई

चट्याङले रामेछाप प्रशासनको उपकरणमा क्षति, सेवा अझै अवरुद्ध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...