Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

धान दिवसको अवसरमा साहित्य गोष्ठी तथा रचना वाचन कार्यक्रम

Kumar Shrestha by Kumar Shrestha
June 30, 2023
in समाचार, साहित्य
0
धान दिवसको अवसरमा साहित्य गोष्ठी तथा रचना वाचन कार्यक्रम
17
SHARES
417
VIEWS
Share on FacebookShare on Twitter

भाषा साहित्यको माध्यमाद्वारा मातृभूमिको सेवा गर्ने उद्देश्यले, राष्ट्रिय धान दिवस २०८०को अवसरमा साहित्य गोष्ठी तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।  बृहत् साहित्य सञ्जाल मधेस प्रदेशको संयोजन तथा लेखनाथ स्मृति सदन महोत्तरीको आयोजनामा श्री सरस्वती मा. वि. कालापानीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले भाषा साहित्य क्षत्रको विकास र बिस्तारमा आफू लागिपर्ने बताए । बर्दिबासले गुणात्मक  विकासको फड्को मार्न कला साहित्यको विकास हुन जरुरी रहेको औँल्याउँदै आफ्नो कार्यकालमा साहित्य सर्जक हरूसँग मिलेर अगि बढ्न चाहेको बताए ।

विशिष्ट अतिथि बृहत् साहित्य सञ्जाल मधेस प्रदेशका संयोजक तथा प्रगतिशील लेखक सङ्घ महोत्तरीका अध्यक्ष कवि नारायण घिमिरेले विद्यार्थी भाइ बहिनीहरूलाई भाषाको संरक्षण  गर्न साहित्य सिर्जनामा लाग्न  सुझाए । बर्दिबासलाई मधेसकै साहित्यिक राजधानीको रूपमा विकास गर्न आफूहरू लागिपर्ने  उनले बताए । भाषा साहित्यको दिगो विकासकालागि स्थानीय सरकारले नगर प्रज्ञा प्रतिष्ठानको गठन गरेर अगि बढ्न  मेयर क्षेत्रीसँग माग समेत गरे । 

कार्यक्रममा श्री सरस्वती मा.वि.कालापानीका विद्यार्थीहरू सक्षम सेन्चुरी, दिवस पौडेल, सुम्निमा भण्डारी,सुमित्रा, कृतिका बिक,समीक्षा खड्का,अमिशा माझी ,रोजिना माझीले कविता वाचन गरेका थिए।

विद्यालयका प्र अ चन्द्रबहादुर विश्वकर्मा शिक्षकहरू शङ्कर  न्यौपाने ,जनक प्रसाद पौडेल , सुमेद ठाकुर वरहि समेतले आफ्नो रचना वाचन गरेका थिए ।  सुमेद ठाकुरले सञ्चालन गरेको उक्त कार्यक्रममा आयोजक संस्थाको तर्फबाट प्रतिमा पौडेलले आमन्त्रित पाहुना हरूलाई स्वागत गरेका थिए । कार्यक्रममा सञ्जाल सम्बद्ध प्रगतिशील लेखक सङ्घ महोत्तरीका तर्फबाट  कवि नारायण घिमिरे, बलेसी साहित्य समाजका तर्फबाट कवि भीम कुमार राउत, मिथिला साहित्य प्रतिष्ठानको तर्फबाट कवि बिपीराज दाहाल र कवि नीरप्रसाद शर्मा,  कार्यक्रम आयोजक संस्थाको तर्फबाट कवि जनक पौडेल र प्रतिमा पौडेल, बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको तर्फबाट कवि रामचन्द्र पौडेल, जनता मावि गौरी डाँडाका पूर्व प्र अ कवि सरिता ढुङ्गा र बर्दिबास नगरपालिकाको तर्फबाट कवि विनोद ढुङ्गेल लगायतका कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए ।

उक्त साहित्यिक कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरू, अभिभावक सङ्घका अध्यक्ष तथा स्थानीय अभिभावकहरू, शिक्षक शिक्षिका र विद्यार्थीहरूको बाक्लै उपस्थिति रहेको कार्यक्रममा सभाध्यक्ष जनक पौडेलले धन्यवाद ज्ञापन गर्दै सभा समापन गरेका थिए।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

भैसेस्वर खानेपानीले गर्यो आफ्नो भवन उद्घाटन

Next Post

कार्कीले पाए रास्ट्रिय युवा संघ नेपाल रामेछाप इञ्चार्जको जिम्मेवारी

Next Post
कार्कीले पाए रास्ट्रिय युवा संघ नेपाल रामेछाप इञ्चार्जको जिम्मेवारी

कार्कीले पाए रास्ट्रिय युवा संघ नेपाल रामेछाप इञ्चार्जको जिम्मेवारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.