Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राईजिङ स्टारको अध्यक्षमा यादव केसी चयन

Kumar Shrestha by Kumar Shrestha
October 28, 2023
in समाचार
0
राईजिङ स्टारको अध्यक्षमा यादव केसी चयन
48
SHARES
802
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।  राईजिङ स्टार यूथ क्लबको अध्यक्षमा यादव केसी चयन भएका छन् । आज शनिवार भएको क्लबको प्रथम अधिवेशनबाट केसी अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै क्लबको उपाध्यक्षमा सन्तोष खत्री, सचिव वासुदेव खत्री, सह-सचिव हेमन्त थापा, कोषाध्यक्ष विनोद रोका, सह-कोषाध्यक्ष सविन केसी चयन भएका छन् ।  सदस्यमा क्रमशः दीपक खत्री, एकीन्द्र खत्री, कपिल खत्री, अनीश केसी, रामचन्द्र कार्की, सुदीप थापा, सृजना नेपाली, विष्णु खत्री, लक्ष्मी थापा, निरूता थापा, कोपिला खत्री,  कृष्ण बुढाथोकी, नारायण थापा, नबिना बस्नेत खत्री, सविना थापा चयन भएका छन् ।

अधिवेशनमा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि तथा मन्थली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापाले  राईजिङ स्टार यूथ क्लबले उत्कृष्ट काम गर्दै आएको बताए । उनले भने – आगामी दिनहरूमा पनि क्लबले अझै उत्कृष्ट काम गर्ने कुरामा म विश्वस्त छु । क्लबले विशेषतः  भलिबललाई प्राथमिकतामा राखेको छ । अब यसले खेल सँगै युवालाई कृषिमा आकर्षित गराउन हाम्रो साथ दिन अनुरोध छ ।

अध्यक्ष चयन भए पश्चात् सम्बोधन गर्दै अध्यक्ष यादव केसीले  गाउँमा रहेका युवाहरू माझ जनचेतनामूलक र व्यवहारिक ज्ञान तथा सृजनात्मक सिपमूलक कार्यक्रमहरू आफ्नो योजनामा रहेको बताए । उनले भने – गाउँका युवाहरूलाई व्यवहारिक ज्ञानको खाँचो छ । त्यो खाँचो टार्नेकाममा अब हामी लाग्नेछौँ । यसका लागि स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नेछौँ । दिनप्रतिदिन युवाहरू गाउँ छाडेर सहर र सहर छाडेर विदेश जान बाध्य छन् । अब हामी ‘आफ्नो गाउँ आफै बनाऊँ’ भन्ने कन्सेप्टका साथ काम गर्ने कोसिस गर्नेछौँ ।

मन्थली नगरपालिका वडा नं. ३ मा कार्यालय रहने गरी दर्ता भएको यस क्लबले हरेक वर्ष जिल्ला स्तरियरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

११ हजार पुजीबाट संचालन गरिएको सहकारीको कारोबार १ अर्ब भन्दा बढी

Next Post

ज्यान जोखिममा राखेर शिक्षाको ज्योती खोज्दै ठिंन्केपुका बालबालिका

Next Post
ज्यान जोखिममा राखेर शिक्षाको ज्योती खोज्दै ठिंन्केपुका बालबालिका

ज्यान जोखिममा राखेर शिक्षाको ज्योती खोज्दै ठिंन्केपुका बालबालिका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.