Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

११ हजार पुजीबाट संचालन गरिएको सहकारीको कारोबार १ अर्ब भन्दा बढी

Kumar Shrestha by Kumar Shrestha
October 16, 2023
in अर्थतन्त्र, ब्यानर समाचार, समाचार
0
११ हजार पुजीबाट संचालन गरिएको  सहकारीको कारोबार १ अर्ब भन्दा बढी
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप– ११ जना सदस्यको ११ हजार मूल पुजीबाट संचालन गरिएको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ वर्षमा आफ्नो कारोबार १ अर्ब भन्दा बढी बनाएको छ । मन्थलीमा शनिवार सम्पन्न सहकारीको २६ औँ साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार बचतको कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३ सय ४४ रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा सहकारीले ५८ लाख ८ हजार ८ सय २५ रुपैयाँ खुद नाफा आर्जन गरेको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष टीका प्रसाद भट्टले साधारण सभा समक्ष प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९÷८०मा संस्थाको शेयर पुँजी ९ करोड ५० लाख १९ हजार ९ सय रुपैयाँ, बचत संकलन ९१ करोड ७३ लाख ३९ हजार १ सय ४७ रुपैयाँ र ऋण लगानी ७१ करोड ३५ लाख ६३ हजार ४ सय ३९ रुपैयाँ रहेको छ ।
स्वर्गीय जगदीश घिमिरेले आर्थिक समृद्धिका लागि समूह बचत कोशेढुङगा साबित हुन सक्छ र व्यक्तिको खरखाँचो टार्न सहयोगी हुन्छ भन्ने परिकल्पनाले मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । २०४० सालमा तामाकोशी सेवा समिति स्थापना भए पश्चात् २ वर्ष पछि तामाकोशीले खानेपानी आयोजनामा काम गर्न थालेपछि योजना मर्मतका लागि कोष स्थापना गर्ने चलन व्यापक भयो र पछि त्यही पैसा समूहमा परिचालन हुन थालेको थियो । त्यही सिकोले २०५० सालमा तामाकोसी सेवा समितिमा काम गर्ने ११ जनाले ११ हजार जम्मा गरेर समूह बचत सुरु गरेका थिए । पछि कानुनी हिसाबले त्यसरी पैसा चलाउन पाइँदैन भन्ने व्यवस्था आए पछि ऋषि घिमिरेको अगुवाइमा तिनै समूहमा पुजिको आधारमा सहकारीमा रुपान्तरण गरिएको र त्यही क्रममा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको निवर्तमान अध्यक्ष धुर्ब प्रसाद सुबेदीले बताए । सहकारीमा निरन्तर २३ वर्ष अध्यक्ष बनी सकेका सुबेदीले समूहका पिता जगदीश घिमिरे हुन भने सहकारीका पिता ऋषि घिमिरे रहेको बताए । मन्थली बचतले आफू सँगै धेरै बचत समूहलाई एकै साथ स्थापना गरेर अघि बढाएको थियो । गाउँका समूहमा नै गएर प्रशिक्षण दिन ठुलो योगदान गर्नु भएको थियो पछि मन्थली बचतकै कर्मचारीले समूहमा गएर सहकारीका बारेमा प्रशिक्षण र छलफल चलाउँदै धेरै सहकारी स्थापनामा योगदान पु¥याएको छ ।

जिल्लाकै अगुवा सहकारी मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिवार २६ औ साधारण सभा समेत सम्पन्न गरी सकेको छ । साधारण सभाका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले सहकारीलाई संस्थागत विकासमा बढी जोड दिनु पर्ने उल्लेख गर्दै उनले सबै सरोकारवाला एक भएर लाग्नु पर्नेमा जोड दिइन । जिल्लामा रहेका सबै सहकारीले आफ्ना बचतकर्ताको भावनालाई बुझेर आफ्नो कारोबार गर्नु पर्ने बताइन् ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले सहकारीलाई जनतामैत्री बनाउन नीतिगत रूपमै सहयोग गर्दै आएको बताउँदै आफ्नो स्थानीय तह भित्र रहेका सहकारीलाई शेयर सदस्यहरूको जीवीकोपार्जनमा प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।
मन्थली बचतका अध्यक्ष गोविन्द घिमिरेले मन्थली बचत स्थापना गर्दा नै बचत उठाउने र ऋण प्रवाह गर्ने मात्रै नभएर सामाजिक सेवाको समेत भावना राखेर स्थापना गरिएकाले सहकारी मार्फत धेरै सामाजिक कामहरू भएको बताए । आगामी दिनमा पनि थप सामाजिक कामहरू गर्दै जाने योजना रहेको बताए । उनले मन्थली बचतले तामाकोशी सेवा समिति र तामाकोसी अस्पताल मार्फत सहकारीका शेयर सदस्यहरूको सामाजिक काम र स्वास्थ्य सेवाका धेरै काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा मन्थली बचत तथा ऋण सहकारी संस्थामा उत्कृष्ट बचत र ऋणको कारोबार गर्ने, बाल बचत गर्ने र फरक क्षमता भएका (अपाङ्ग) गरी ८० जना शेयर सदस्यलाई पुरस्कार तथा सम्मान गरिएको थियो । त्यस्तै संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी टिकाराम श्रेष्ठ र सहकारी अभियानलाई सञ्चार माध्यमबाट नागरिकको तह सम्म पु¥याउने कार्यमा उत्कृष्ट कार्य गरे बापत पत्रकार युवराज श्रेष्ठलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बागमती प्रदेश स्तरीय प्रथम नेविसंघ कप–२०८० प्रतियोगिता सुरु

Next Post

राईजिङ स्टारको अध्यक्षमा यादव केसी चयन

Next Post
राईजिङ स्टारको अध्यक्षमा यादव केसी चयन

राईजिङ स्टारको अध्यक्षमा यादव केसी चयन

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.