Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषल कन्ट्रक्शनको लापरवाही, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे

Kumar Shrestha by Kumar Shrestha
July 8, 2024
in जनता स्पेसल, फिचर, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
कृषल कन्ट्रक्शनको लापरवाही, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे
1k
SHARES
16.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खिम्ती फर्पू नामाडी सडक मर्मत गरेको एक महिना नबित्दै भत्किन थालिसकेको छ । खिम्ती फर्पू नामाडी सडकको नामाडी बजार नजिकै सडकमा काम सकेको एक महिना नबित्दै कालोपत्रे उप्किन थालेको हो । कतिपय स्थानमा खाल्डा परेर पानी जम्न थालिसकेको छ । सडकमा खाल्डा देखिन थालेको र गाडी गुड्दा कालोपत्रे उप्किने र माटो मुछेर थलथले बनाएर राखेको जस्तो सडकको अवस्था भएपछि स्थानीयले कामको गुणस्तरबारे प्रश्न उठाएका छन् । ‘कालोपत्रे गरेको एक महिना भएको छैन, उप्किन थालेको छ, लाखौँ खर्चेर मर्मत गरेको बेकाम भएको एक स्थानीयले बताए । गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाई छ ।
खिम्ती फर्पू नामाडी सडक मर्मतका लागी पूर्वाधार विकास कार्यालयले ४९ लाखमा ठेक्का लगाएको थियो । ठेक्कामा प्लम जाली समेत निर्माण गर्ने योजना थियो । कालोपत्रे उप्कियो भनेर गुनासो आएको थिएन, हामी अनुगमन गरेर के भएको हो बुझ्छौँ’ पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर नवराज थापाले भने । एक वर्षसम्मको मर्मत गर्ने जिम्मा ठेकेदारको हुन्छ । ठेकेदारलाई नै बिग्रे भत्केको काम सकार्न तत्काल लगाउने उनले बताए ।
उमाकुण्ड गाउँपालिका वडा नम्बर–५ निवासी सञ्जीव तामाङले ठेकेदारको लापरवाहीका कारण मोटरसाइकलमा सवारहरूलाई समस्या भएको बताए । उनले भने – कालोपत्रे सडक भने ढुक्कले चलाइन्छ । तर बाटो त कच्ची सडक जस्तो चिप्लो रहेछ । मुनीको माटो समेत माथि आई सकेको छ । असारे विकासका कारण हामीले तिरेको करले ठेकेदारको घर बनेको छ, काम गुणस्तरीय छैन ।
निर्माण सामग्री नै कमजोर प्रयोग भएको स्थानीय निर्माण खड्काले बताए । उनले सडक कालोपत्रे गर्ने बेलामा नियामक कार्यालयले प्रभावकारी अनुगमन गर्न नसकेको बताए । ‘काम गर्दा हेलचेक्राई गरेर काम गरे पछि स्वाभाविक रूपमा बाटो भत्किन्छ’ । ठेकेदारले गुणस्तरीय काम नगर्दा जनताले तिरेको करबाट राज्यले गरेको लगानी खोलामा फालेझैँ भएको छ ।
यता ठेकेदार कम्पनी कृषल कन्ट्रक्शनका आधिकारिक व्यक्ती अर्बिन थापा भने आफूले राम्रोसँग काम गरेको बताउँछन् । कृषल कन्ट्रक्शनले गरेको लापरबाहीका कारण मर्मत गरेको सडक रोपाइँका लागी तयार गरेको खेत झैँ भएको छ । सडकको बिचबिचमा खाल्डा परेका छन् । बर्खामा पानी जम्दा बाँकी भाग पनि भत्कँदै गएको छ । तर पनि थापा आफूले राम्रोसँग काम गरेको दाबी गर्छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

हेफरको लापरबाहीका कारण रित्तियो किसानको खोर

Next Post

खाँडादेवीमा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते

Next Post
खाँडादेवीमा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते

खाँडादेवीमा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.