Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अकासे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य

जनता भ्वाइस by जनता भ्वाइस
June 23, 2025
in समाचार
0
अकासे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिंचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका अनुसार अरुण गाउँपालिकामा साना सिंचाइ कार्यक्रममार्फत स्थानीय, प्रदेश, केन्द्र, स्वीस सरकार र स्थानीयवासीको जनसहभागितामा सिंचाइ कुलो निर्माण भइरहेको छ।

‘स्वीस सरकारको ३० प्रतिशत, स्थानीय, प्रदेश, केन्द्र सरकारको २०–२० प्रतिशत र स्थानीयको १० प्रतिशत जनश्रमदानसहित साझेदारीमा सिंचाइ कुलो निर्माण भइरहेको छ’, उनले भने, ‘सिंचाइका माध्यमबाट कृषिमा प्रोत्साहन गर्ने हाम्रो लक्ष्य छ । सिंचाइको व्यवस्था भएपछि धान, मकैलगायतका बालीसँगै किसानलाई तरकारी तथा फलफूलखेतीमा लाग्न सहयोग पुग्ने छ।’

सबै सिंचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमात्र रु ७१ लाख रकम विनियोजन भएको जिमीको भनाइ छ। यहाँ पक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त हुनेछन् ।

अरुण गाउँपालिका–७ मा हङ्ग्रायो खोला–बाह्रसिंगे सिंचाइ आयोजना सम्पन्न भएर सञ्चालन आएपछि किसानलाई राहत मिलेको वडाध्यक्ष कुमार थापाले बताए।

यसले यहाँ सुक्खा क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनी बताउँछन्। वडाले सुक्खा क्षेत्रमा पानी सञ्चित पोखरी निर्माण गरेर सिंचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

हङ्ग्रायो खोला–बाह्रसिंगे सिंचाइ आयोजना स्वीस सरकार, तीन तहका सरकार र जनश्रमदानसहित रु २६ लाख ७० हजार लागतमा निर्माण सम्पन्न भएको वरिष्ठ प्राविधिक सुस्मिता लाप्चाले जानकारी दिनुभयो । यो सिंचाइ आयोजनाले यहाँका १०० रोपनी क्षेत्रमा सिंचाइ सुविधा पुग्ने जनाइएको छ ।

यसै वर्ष वडा नं ४ मा रु २७ लाख ८५ हजार लागतमा मामालुङ माथिल्लो कुलो, वडा नं ६ मा रु १४ लाख पाँच हजार लागतान कुताङ कुलो र वडा नं २ मा रु ९१ लाख १९ हजार लागतमा ज्यामिरे कुलो निर्माण सम्पन्न भएको उनले बताए।

यहाँ प्रशस्त मात्रामा खेतीयोग्य जमिन भए पनि सिंचाइ अभावमा समस्या भएपछि सुक्खाग्रस्त क्षेत्रमा सिंचाइ कुलो निर्माणको काम अघि बढाइएको अरुण गाउँपालिका अध्यक्ष शालिराम खत्रीले जानकारी दिए। सिंचाइ व्यवस्थासँगै किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न गाउँपालिकाले प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पाँचखालका ६ हजार परिवारका घरघरमा पुर्‍याइयो खानेपानी

Next Post

कल्भर्टले विस्थापित गर्यो झोलुङ्गे पुल

Next Post
कल्भर्टले विस्थापित गर्यो झोलुङ्गे पुल

कल्भर्टले विस्थापित गर्यो झोलुङ्गे पुल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.