Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वीरगञ्ज नाकाः ५९ हजार ४७४ इन्धन सवारी भित्रिए

जनता भ्वाइस by जनता भ्वाइस
June 23, 2025
in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाचार
0
वीरगञ्ज नाकाः ५९ हजार ४७४ इन्धन सवारी भित्रिए
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter


वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४ सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको ११ महिनामा पाँच अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयातबाट रु पाँच अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छभने रु दुई अर्ब ६३ करोडका एक हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यस्तै सोही अवधिमा रु एक अर्ब ८० करोडका आठ सय ३९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् ।

त्यसैगरी, चालु आवको ११ महिनामा रु एक अर्ब १६ करोड मूल्य पर्ने पाँच हजार २२० ट्र्याक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा रु एक अर्ब दुई करोड मूल्यका तीन सय ७४ वटा बस, रु ६७ करोड मूल्यका एक सय ३१ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् । सोही अवधिमा रु ६६ करोड मूल्यका दुई सय ७६ वटा ट्रक, मिनीट्रक आयात भएका छन् ।

त्यस्तै, सोही अवधिमा रु ३९ करोड मूल्यका चार हजार १६० वटा तयारी मोटरसाइकल आयात भएका छन्भने सोही अवधिमा रु एक अर्ब ८४ करोड २३ लाखका सानाठूला दुई हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । ती विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । समग्रमा चालु आवको ११ महिनामा सवारीसाधन र तिनका पार्टपुजा आयातबाट रु १७ अर्ब ७० करोड राजस्व सङ्कलन भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

Next Post

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

Next Post
दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.