Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चर्चित अविवाहित महिला कलाकारहरुकाे यसपालीको तीज ।

Milan Ghimire by Milan Ghimire
September 1, 2019
in जनता स्पेसल, फिचर, मनोरञ्जन, विचार, समाचार
0
चर्चित अविवाहित महिला कलाकारहरुकाे यसपालीको तीज ।
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter
भदाै १५

हरितालिका तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो पर्वलाई श्रीमान श्रीमतीको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रुपमा पनि लिइन्छ । श्रीमतीले श्रीमानको दिर्घायुको लागि व्रत बस्ने र पूजाआजा गर्ने यो पर्वको विशेषता हो । यो पर्वमा विवाह नभएकाले राम्रो श्रीमान पाउँ भनेर माग्दा त्यो माग भगवान शिवजीले पूरा गरिदिने विश्वास छ ।

यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ । हिन्दू धार्मिक ग्रन्थ अनुसार हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भएर चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । यही कारण तिज पर्व मनाउने गरिन्छ । आज हामीले तिजको छेको पारेर उमेरले नेटो काटिसक्दा पनि विवाह नगरेका केही महिला सेलिब्रेटीहरुको बारेमा चर्चा गर्दैछौँ जसको यस पालीको तिज पनि श्रीमानबिना नै बित्नेछ ।

दीपाश्री निरौला

विगत २७ वर्षदेखि कलाकारितामा सक्रिय दीपाश्री अभिनयमा सफल भएपछि निर्देशनमा हात हालिन् र सफलता पनि पाइन् । छक्का पञ्जाबाट निर्देशनमा डेब्यु गरेकी दीपाश्रीले डेब्यु निर्देशनबाटै कीर्तिमानी निर्देशकको परिचय पाइन् । काममा निकै मेहनत गर्ने दीपा धर्मकर्ममा पनि रुचि राख्छिन् । अझ शिव भगवानसँग उनको निकै नै लगाव छ ।

वर्षौँदेखि शिवको पूजाआजा गर्दै आएकी दीपाले शीवजीसँग आफ्नो लागि वर मागिन् कि मागिनन् त्यो भने उनलाई मात्रै थाहा होला । तर दीपाश्री अहिले पनि अविवाहित नै छन् । जीवनमा ४४ वसन्त पार गरिसक्दा पनि उनले वैवाहिक जीवनको अनुभव गर्न भने पाएकी छैनन् ।  

कोमल वली

गायिका, सञ्चारकर्मी तथा सांसद कोमल वलीका लागि तिज विशेष हुन्छ । उनी हरेक वर्ष तिजमा तिज गीत सार्वजनिक गर्ने गर्छिन् । केही वर्ष अघि मात्रै उनले पोइल जान पाम् भन्दै शिवजीलाई पुकारेको गीतले खुबै चर्चा पायो । विवाह नै नगरेकी कोमलले यस्तो गीत गाउँदा उनको जीवनमै मेल खाएको बुझ्न सकिन्थ्यो ।  
उमेरका हिसाबले कोमल अहिले ५० कटिसकेकी छिन् । जीवनका पाँच दशक पार गर्दासमेत उनले विवाह गरेकी छैनन् । कोमलले कहिले पोइल जान पाम्, कहिले भेटिएन कोही जस्ता गीत गाएरै भएपनि चित्त बुझाइरहेकी छिन् ।

निरुता सिंह

अभिनेत्री निरुता सिंंह चार दशक पार गर्दा पनि अविवाहित नै छिन् । गुगलका अनुसार निरुताको उमेर ४७ वर्ष छ ।  तर हालसम्म पनि उनले विवाहका विषयमा भने सोचिसकेकी छैनन् । उनी भन्छिन्, ‘भोलिको दिन कसैले देखेको छैन, तर आजलाई भने म यतिकै ठिक छु ।’

दार्जिलिङमा जन्मेर नेपाली सिनेमामा सफलता पाएकी निरुता अहिले भने मुम्बइमा बसोबास गर्दै आएकी छिन् । केही भारतीय विज्ञापन र सिरियलहरुमा समेत काम गरेकी निरुताले केही वर्षको अन्तरपछि नेपाली सिनेमामा पनि काम गरिन् । नाईँ नभन्नु ल ५ बाट कमब्याक गरेकी निरुताले त्यसपछि सिनेमा दाल भात तरकारीमा काम गरिन् । निरुताले पनि अझै केही वर्ष विवाह गर्ने छाँटकाट देखाएकी छैनन् ।

ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माले पनि जीवनका तीन दशक काटिसकेकी छिन् । ‘फस्ट लभ’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी ऋचा एकताका अभिनेता विनय श्रेष्ठसँगको प्रेमका कारण चर्चामा थिइन् । ऋचा विनयसँग विवाह नगरी सँगै बस्दै आएको समेत खबर बाहिरिएको थियो । एकअर्काको गहिरो प्रेममा रहेको यो जोडीले विवाह भने गरेन ।

ऋचासँग अलग भएर विनयले ब्युटि थेरापिस्ट एनी थापासँग विवाह गरेर एक सन्तानका पिता बनिसकेका छन् । ऋचा भने यही वर्ष विवाह गर्ने तयारीमा छिन् । उनले आफ्नो विवाह यही वर्ष हुने तर कहिले भनेर पक्का नभएको बताउँदै आएकी छिन् । अर्को वर्षको तिजमा भने ऋचा पक्कै पनि श्रीमानको लागि व्रत बस्लिन् ।

नम्रता श्रेष्ठ 

३४ वर्षीया नम्रता श्रेष्ठ प्राय प्रेमी बदलेका कारण चर्चामा आउँछिन् । उनले प्रेमी फेरेका खरबहरु प्राय बजारमा आइरहन्छन् तर उनी यसबारेमा भने खासै कुरा गर्न रुचाउँदिनन् । तीन दशक काटिसकेकी नम्रताले केही समय अघि मात्रै अहिले नै विवाहबारे नसोचेको बताएकी थिइन् ।

उनी अझै केही वर्ष सिनेमाकै लागि दिने भन्दै विवाहको लफडामा नलाग्ने बताउँछिन् । केही समय अघिमात्रै नम्रताले अभिनय तथा निर्माण गरेको सिनेमा जाइराले सामान्य व्यापार गरेको थियो ।

पूजना स्त्री

अभिनेत्री पूजना स्त्री पनि अविवाहित नै छिन् । तीन दशक पार गरेकी पूजनाले सिनेमा ‘चक्लेट’ निर्माण गरिन् र आफैँ खेलिन् पनि । तर सिनेमाले सफलता भने पाएन । सडक बालबालिकाको कथालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यो सिनेमाको असफलतापछि उनले सामाजिक सञ्जालमा नआउने निर्णय लिएर चर्चा पाएकी थिइन् । पूजना पुष्पराज पुरुषसँग प्रेममा रहेको चर्चा छ । तर उनीहरुले विवाह भने गरेका छैनन् । पूजना हाल सिनेमा क्षेत्रबाट पनि टाढा भएकी छन् । 

सम्झना बुढाथोकी

चर्चित मोडल सम्झना बुढाथोकी पनि अहिलेसम्म विवाह नगरी बसेकी छिन् । चार दशक टेक्न आँटेकी सम्झनाले मोडलिङमा  सफलता पाइन् तर वैवाहिक जीवनको सुख भने अहिलेसम्म पनि पाएकी छैनन् ।

एकताका निर्देशक तथा मोडल शंकर बिसीसँग सहकार्य गर्ने क्रममा उनको नाम शंकरसँगै जोडिएको थियो । तर उनीहरुको सम्बन्ध साथीको मात्रै रहेको खुलासा भयो । शंकरले गायिका निशा सुनारसँग विवाह गरे तर सम्झना भने अविवाहित नै रहिन् । मोडलिङमा पाएको सफलता र विवाहसँगै सम्झना मोटोपनका कारण पनि खुबै चर्चामा आइन् ।  केही वर्ष अघि देखि बढेको उनको मोटोपनि अहिले पनि कायमै छ ।

शोभा त्रिपाठी 

लोक गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठी तीन दशक काटिसक्दा समेत विवाह नगरी बसेकी छिन् । विगत १५ वर्ष देखि सञ्चारक्षेत्रमा सक्रिय शोभा पनि तीस काटिसकेकी छिन् । तर उनी आफ्नो उमेर सार्वजनिक गर्न चाहन्नन् । मिडियामा सञ्चारकर्मी र गायिकाको रुपमा चर्चा पाएकी शोभा विवाह नगरेका कारण बेलाबखतमा चर्चामा आउँछिन् ।  

केहीले उनी गोप्य रुपमै सम्बन्धमा रहेको पनि बताउँदै आएका छन् । तर उनले विवाह गरिहाल्ने छाँट भने अहिलेसम्म निकालेकी छैनन् । हरेक सालको तिजमा उनले विभिन्न तिज विशेष गीतहरु बजारमा लिएर आउने गरेकी छन् । 

सुनिता दुलाल

अर्की गायिका सुनिता दुलाल पनि तीस पार गरिसकेकी छिन्त र विवाह भने गरेकी छैनन् । केही वर्ष अघि उनले आफैँले आफू विवाह गर्ने तयारीमा रहेको हल्ला चलाएकी थिइन् । जानकारी अनुसार सुनिता प्रेममा छिन् तर विवाह कहिले गर्छिन् त्यसको आधिकारिक जानकारी भने छैन । तर उनले हरेक वर्षको तिजलाई गीतमार्फत विशेष बनाउने गरेकी हुन्छिन् ।

उनी हरेक वर्ष तिज विशेष गीतहरु निकाल्ने गर्छिन् । यो वर्ष भने उनी नेपाली रियालिटी शो लोकस्टारमा जजको भूमिकामा छिन् ।  उनका ‘दर खाने दिन’ अब त मैलै नी झुम्का लगाउँछु, यस पाली नी खाने हो दर,  नाचौँ सरर लगायतका तिज गीतहरु चर्चामा छन् । 

साभार उज्यालो


Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

संघीयतामा गएर यति छिटो कर्मचारी समायोजन भएको देश विश्वमा कहीँ छ : मन्त्री पण्डित

Next Post

अख्तियारले समायो घुससहित बाराबाट एक जना पूर्व कर्मचारी

Next Post
अख्तियारले समायो घुससहित बाराबाट एक जना पूर्व कर्मचारी

अख्तियारले समायो घुससहित बाराबाट एक जना पूर्व कर्मचारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...