Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आजका पत्रपत्रिका : साढे २५ प्रतिशतले घट्यो विदेशी लगानी

Milan Ghimire by Milan Ghimire
September 3, 2019
in जनता स्पेसल, समाचार
0
आजका पत्रपत्रिका  : साढे २५ प्रतिशतले घट्यो विदेशी लगानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
१७ भदौ, काठमाडौं

मिडिया काउन्सिल विधेयकमा सत्तारूढले हालेको संशोधन, प्रधानमन्त्रीको स्वास्थ्यदेखि विदेशी लगानीमा आएको गिरावटसम्मका विषय आजका दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ ।

मुख्य पृष्ठमा तीज झल्किने तस्वीर छापेको कान्तिपुरले दुरुपयोग भएका सार्वजनिक जग्गाको खोजीमा सरकार गम्भीर नदेखिएको निष्कर्ष निकालेको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगले २५ वर्षअघि विभिन्न व्यक्तिद्वारा १८ सय रोपनी जग्गा दुरुपयोग गरेको प्रतिवेदन दिए पनि अझैसम्म त्यस्ता जग्गाको खोजी नभएको कान्तिपुर समाचारमा उल्लेख छ ।

कान्तिपुर लेख्छ– सरकारी र सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासोपछि ०४९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पूर्वभूमिसुधार सचिव रामबहादुर रावलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेका थिए । आयोगले दुई वर्ष लगाएर प्रतिवेदन पेस गरे पनि त्यसको कार्यान्वयन अझैसम्म भएको छैन ।

अनाहकमा भारतको अमृतसरस्थित जेलमा राखिएका नेपालीको कथालाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक आज छापेको छ । सैनिक इलाका प्रवेशको आरोपमा डिल्लीराम थारु नाम गरिएका युवकलाई अढाइ वर्षदेखि अमृतसरस्थित जेलमा राखिएको कान्तिपुर समाचारमा उल्लेख छ । अकारण युवकलाई जेल हालिए पनि उनको रिहाइका लागि सरकार गम्भीर नबनेको भन्दै कान्तिपुरले सरकारको आलोचना गरेको छ ।

कान्तिपुरकै आर्थिक पृष्ठमा विदेशी लगानी २५ प्रतिशतले घटेको अर्को खबर पनि छ ।

विदेशी लगानी भित्र्याउन सरकारले अनेक प्रयत्न गरिरहेका बेला उल्टै लगानीमा गिरावट आएको हो ।

कान्तिपुरका अनुसार गत वर्ष मुलुकमा १३ अर्ब ७ करोड रुपैयाँ बराबर प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० भित्रियो । जुन गत वर्षको तुलनामा २५ प्रतिशतले कम हो ।

कान्तिपुर लेख्छ– विदेशी लगानी बढाउन सरकारले थुप्रै नीतिगत र ववहारिक सुधार भएको दाबी गरिरहेको वर्षका सबै महिनामा विदेशी लगानी घटेको छ ।’

सरकारले नीतिगत सुधार गरेको जनाए पनि लगानीकर्ता विश्वस्त हुने आधार विकास भइनसकेकाले विदेशी लगानी बढ्न नसकेको अर्थविद्हरुको भनाइ छ ।

‘विदेशी लगानीकर्ताले नेपालको लगानी वातावरणलाई पत्यार गरेनन्’, अर्थविद् केशव आचार्यले कान्तिपुरसँग भनेका छन् ।

अन्नपूर्णले ‘किन झस्किए नेताहरू’ शीर्षक दिएर राजासँग दल र तिनका नेता त्रसित हुनुको कारण सोधीखोजी गरेको छ । पूर्वराजाको सक्रियता, अन्तर्राष्ट्रिय गतिविधि र सरकारप्रतिको चुलिँदो असन्तुष्टिका कारण दलहरू सिंहासन छाडिसकेका राजासँग सशंकित भएको अन्नपूर्ण समाचारको सार छ ।

तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको खबर पनि अन्नपूर्णमा पढ्न सकिन्छ । समाचार अनुसार सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ ।

नागरिकको नजर डोरज विकासले निम्त्याएको विनाशमा परेको छ । डोजर विकासले कैलाली, बझाङ र बैतडीमा पारेको असरबारे कम्पाइल स्टोरी गरेको नागरिकका अनुसार मापदण्डविपरीतका सडकले यी जिल्लाका दर्जनौं बस्ती जोखिममा परेका छन् ।

एटीएम लुट प्रकरणमा भारतीय रिजर्भ बैंकले चासो देखाएकोलाई पनि नागरिकले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार उसले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको छ ।

चिनियाँ राष्ट्रपति १५ अक्टोबरमा नेपाल आउन लागेको खबर राजधानीले छापेको छ भने गोरखापत्रले एउटै रुखका कारण बारामा अवरुद्ध भएको सडक निर्माणबारे एंकर बनाएको छ ।





Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अख्तियारले समायो घुससहित बाराबाट एक जना पूर्व कर्मचारी

Next Post

आज ऋषिपञ्चमी पर्व

Next Post
आज ऋषिपञ्चमी पर्व

आज ऋषिपञ्चमी पर्व

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.