Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बैरो संघमा ढल्यो नेकपा, लोकतान्त्रिक समुह विजयी

Milan Ghimire by Milan Ghimire
September 25, 2019
in अर्थतन्त्र, जनता स्पेसल, विचार, समाचार
0
बैरो संघमा ढल्यो नेकपा, लोकतान्त्रिक समुह विजयी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अशोज ८,काठमाडौँ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा सत्ता पक्षिय प्यानल पराजित भएको छ । नेकपा र संघीय समाजवादी सहित निकट व्यवसायीहरुको समुहलाई पराजीत गर्दै कांग्रेस निकट सबै उमेद्वारहरु विजयी भएका छन् । संघको अध्यक्षमा नेपाली कांग्रेस निकट विष्णु गैरे निर्वाचित हुनुभएको छ ।

वुधबार विहान सकिएको मत गणनामा कांग्रेस निटक गैरेले सत्तारुढ दल निकट गठबन्धनका उम्मेदवार सरोज पोखरेललाई ४७ मतले पराजित गर्दै २ वर्षे कार्यकालका लागि संघको नेतृत्व पाउनुभएको हो । १७ सदस्यीय कार्यसमितिका पदाधिकारी जम्मै पदमा कांग्रेस प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचनमा गैरेले ३ सय ३० मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी पोखरेलले २ सय ८३ मत मात्रै प्राप्त गर्नुभएको छ । निर्वाचनमा कुल ६१९ मत खसेको थियो । संघको पूर्व उपाध्यक्षसमेत रहनुभएका गैरे नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष हुनुहुन्छ ।

प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहकै कमल तामाङले ३ सय ८१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी हरिबहादुर पाण्डेले २ सय ३० मत प्राप्त गर्नुभएको छ ।

द्वितीय उपाध्यक्षमा कमलदेव मल्लले ३ सय २२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी मुक्तिनाथ अधिकारीले २ सय ८७ मत पाउनुभएको छ । यसैगरी तृतीय उपाध्यक्षमा किशोर कुमार केसी निर्वाचित हुनुभएको छ ।

किशोरले ३ सय ६० मत प्राप्त गर्दा उहाँका निकटम प्रतिद्वन्द्वी अख्तर हुसेनले २ सय ४४ मत ल्याउनुभएको छ ।

महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै सुजितकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३ सय ८८ मत ल्याउँदा नेकपा प्यानलका उम्मेदवार रामचन्द्र गिरिले २ सय २३ मत प्राप्त गर्नुभएको छ ।

सचिवमा मेघनाथ भुर्तेलले ३ सय ३३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी सन्जु गुरुङले २ सय ७३ मत पाउनुभएको छ । कोषाध्यक्षमा इन्दिरा गुरुङले ३ सय ६७ मत प्राप्त गरी विजय ुहह्दा प्रतिद्वन्द्वी तेजुमाया लिम्बूले २३८ मत प्राप्त गर्नुभएको छ ।

सदस्यहरु कर्णराज कटुवाल, दिनेश कुमार राय , सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल बिजयी हुनुभएको छ ।

NRN

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा :‘सी विचारधारा’ को परीक्षण नेपालबाट

Next Post

पाकिस्तान प्रशासित कश्मीरमा भूकम्प : २२ जनाको मृत्यु, तीन सय जनाभन्दा बढी घाइते

Next Post
पाकिस्तान प्रशासित कश्मीरमा भूकम्प : २२ जनाको मृत्यु, तीन सय जनाभन्दा बढी घाइते

पाकिस्तान प्रशासित कश्मीरमा भूकम्प : २२ जनाको मृत्यु, तीन सय जनाभन्दा बढी घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.