Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

किन्तु, परन्तु चल्दैन, राजीनामासँगै महराको पद गयो : संविधानविद्

Milan Ghimire by Milan Ghimire
October 2, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
किन्तु, परन्तु चल्दैन, राजीनामासँगै महराको पद गयो : संविधानविद्
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज १४

जबर्जस्ती करणीको आरोप लागेसँगै सभामुख पदबाट राजीनामा गरेका कृष्णबहादुर महराको पद गएको संविधानविद्हरुले प्रस्ट गरेका छन् । महराको राजीनामासँगै सभामुख पद रिक्त रहेको उनीहरुले बताएका हुन् ।

आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीलाई आइतबार राति उनकै कोठामा पुगेर जबर्जस्ती करणी गरेको आरोपमा सर्वत्र दबाबपछि दिएको राजीनामापत्रमा शर्त तेर्स्याइएका संविधानविद्हरुले ‘अब किन्तु, परन्तु नचल्ने’ भनेका हुन् ।

मंगलबार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष बुझाएको राजीनामापत्रमा महराले ‘हिजो (सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’ भन्ने उल्लेख गरेका छन् ।

छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’ भन्नाले के महरा फेरि सभामुखकैरुपमा फर्किन सक्छन् ? भन्ने प्रश्नमा संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्–‘शर्त स्वीकार हुनै सक्दैन । सभामुखले राजीनामा दिँदा के भाषा प्रयोग गरे भन्ने महत्वपूर्ण होइन । मुख्य कुरा संविधान के भन्छ भन्ने हो । राजीनामा अस्थायी र अन्तरिम हुँदै हुँदैन । राजीनामा दिएपछि पदबाट स्वतः मुक्त हुन्छ’–आचार्यले भने ।

सभामुख पद गएपनि अहिलेसम्म उनको सांसद पदचाहिँ बाँकी रहेको छ । तर, उनीविरुद्ध जाहेरी दर्ता भएलगत्तै सांसद पद पनि निलम्बनमा जान्छ । प्रमाणित भएमा सांसदबाट पनि खारेजमा पर्ने आचार्यले इमेजखबरसित बताए ।

संविधानमा पनि सभामुखले लिखित राजीनामा दिएमा पद रिक्त हुने प्रस्ट व्यवस्था गरेको छ ।

संविधानको धारा ९१ को उपधारा ६ को (ख) ले सभामुखले लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था छ । सभामुखको राजीनामाबारे नियमावलीमा पनि यस्तो व्यवस्था गरिएको छ । अर्का संविधानविद् विपीन अधिकारीले पनि ‘राजीनामा शर्तसहित हुँदैन ।’ भनेका छन् ।

पूर्वसभामुख, कानुनविद् एवं सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सभामुखको राजीनामा सशर्त नहुने प्रस्ट गरिसकेका छन् ।

संविधानविद् आचार्यले अब अर्को व्यवस्था नहुन्जेल उपसभामुखले नै सभामुखको कार्यभार सम्हाल्ने बताए ।

imagekhabar

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सभामुख महराले दिए राजीनामा

Next Post

के भन्छ करणीसम्बन्धी कसूरमा कानुन ?

Next Post
के भन्छ करणीसम्बन्धी कसूरमा कानुन ?

के भन्छ करणीसम्बन्धी कसूरमा कानुन ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...